२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटन प्रवद्र्धनका लागि ‘नेपाल साइकल यात्रा’

१७ कार्तिक २०७७, सोमबार ०९:५६

कार्त्तिक १७, काठमाडौँ । कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रको पुनःस्थापित गर्नका लागि ‘नेपाल साइकल यात्रा’ गरिएको छ । 

नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान), नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा), नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को सहयोगमा नेपाल साइकल यात्रा गरिएको हो । 

नेपाल साइकल यात्रा समूहले आज नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपबाट साइकल यात्रा शुरु गरेको हो । उक्त समूहलाई पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले बिदाइ गर्नुभएको छ । 

साइकल यात्रा समूहले पश्चिमको महेन्द्रनगरदेखि पूर्वको पशुपतिनगरसम्म साइकल यात्रा गर्ने नेपाल साइकल यात्रा मेला–२०७७ का संयोजक पुष्कर शाहले जानकारी दिनुभयो । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि शुरु भएको यात्रा महेन्द्रनगरबाट शुरु भई ठाकुरद्वार, नेपालगञ्ज, वीरेन्द्रनगर, घोराही, स्वर्गद्वारी, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, पोखरा, नारायणघाट, हेटौँडा, वीरगञ्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान, विराटनगर हुँदै काँकरभिठासम्म पुग्नेछ । उक्त समूह तीन हप्ताको साइकल यात्रापश्चात् काठमाडौँ फर्कनेछ । 

नेपाल पर्यटन बोर्डका सदस्य दीपक महतले कोभिड–१९ ले आक्रान्त पारेको नेपालको पर्यटनलाई पुनःजीवन प्रदान गर्ने उद्देश्यसहित आन्तरिक पर्यटन प्रवद्र्धन गर्न र बोर्डको सन्देशलाई देशव्यापीरुपमा प्रवाह गर्न यो साइकल यात्राले मद्दत पुग्ने बताउनुभयो । 

साइकल समूहमा संयोजक शाहसहित पर्यटन व्यवसायी राजेन्द्र सापकोटा, शङ्कर अधिकारी, सुभास केसी, मुक्ति पाण्डेलगायत हुनुहुन्छ । पश्चिमको महाकालीदेखि पूर्वको मेचीसम्म साइकल यात्राको दूरी एक हजार ६२४ किलोमिटर हुनेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य