४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

राइनासकोट घरवासमा घुम्न आउने पर्यटक बढ्दै

१७ कार्तिक २०७७, सोमबार १०:०४

कार्त्तिक १७, लमजुङ । जिल्लाको राइनास नगरपालिका ९ स्थित  राइनासकोट घरवास (होमस्टे) घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । लकडाउन तथा निषेधाज्ञा अन्त्य भएसँगै विस्तारै पर्यटकको आगमनमा वृद्धि हुन थालेको हो । 

राइनासकोट होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खड्काबहादुर गुरुङले यहाँका घरवासमा आउने पर्यटनमा वृद्धि हुँदै गएको र  कोरोनाका सङ्क्रमणको त्रासले पर्यटकलाई घरवासमा बाँस बस्न भने नदिएकोे बताउनुभयो । उहाँका अनुसार दैनिक एक सय जनाको हाराहारीमा आन्तरिक पर्यटकहरु आउने गरेका छन् । घरवासमा आएका पर्यटकहरुमध्ये अधिकांशले घरवासमा बस्ने चाहना राख्दै आएपनि कोरोनाको त्रासका कारण घरवासमा राख्न नसकिएको घरवास सञ्चालकहरुको भनाई छ । 

केही घरवास सञ्चालकहरुले घरवासमा बस्न दिने कुरा गरेपनि अधिकाशले जोखिम भएकाले तत्काल पर्यटक राख्न नहुँने बताएका छन् । पर्यटक सोनिका श्रेष्ठले भन्नुभयो, “हामी १३ जना साथीहरु मिलेर यहाँ आयौँ घुम्न पायौँ तर बस्न पाएनौ ।” घुम्न खुल्ला गरेपनि बस्न पनि खुल्ला गरेमा पर्यटकहरुलाई सुविधा हुने उहाँको भनाई छ । तत्काल घरवास सञ्चालनमा नआउने उक्त समितिले जनाएको छ ।घरवासमा बस्न नदिएपनि राइनासकोट चौरमा भने आफैले त्रिपाल टाँगेर भने बस्न पाइने सो समितिका अध्यक्ष गुरुङले भन्नुभयो । विसं. २०७५ फागुन महिनाबाट ११ घरबाट शुरुआत भएपनि यतिबेला सिंगो गाउँ अर्थात् १७ वटा घर रहेको यहाँ सबै घरमा घरवास रहेका छन् ।  गाउँमा सञ्चालिन सबै घरवास गरेर वार्षिक करीब ५ करोड भन्दा बढी आम्दानी हुँदै आएपनि यस वर्ष कोरोना त्रासका कारण घरवासमा पर्यटन राख्न नपाएपछि आम्दानी समेत नहुँने समितिका उपाध्यक्ष विष्णु गुरुङले बताउनुभयो । 

राइनासकोटबाट एकै पटकमा अन्नपूर्ण, माछापुच्छे, मनास्लु, बौद्ध, गणेश हिमाल लगायतको १८ वटा हिमालहरु देख्न सकिन्छ । नेपालको एकीकरणको शुरुका विन्दु साथै प्राकृतिक रुपमा अलौकिक दृश्र्यले भरिपूर्ण ठाउँ भएको स्थानिय कृष्णराज ओलियाले बताउनुभयो । विश्वकै पहिलो योग स्तम्ब पनि राईनासकोटमा रहेको पनि उहाँको भनाई छ । ऐतिहासिक राइनासकोट किल्ला, थानीमाई मन्दिर, कालिका, कोटेश्वर महादेव लगायत ऐतिहासिक स्थल समेत रहेको छ । पर्यटकीय राइनासकोट प्राकृतिक र साँस्कृतिकले भरिपूर्ण रहेको छ । 

बाइसेचौबिसे राज्यकालमा लमजुङका राजा यशोबह्मा शाहका कान्छा छोरा द्रव्य शाहले राज्य सञ्चालन गरेर राइनासकोटमा बसेको इतिहास रहेको छ । राइनासकोटलाई भिटोफ नेपालले २०१८ मा गन्तव्य गाउँ घोषणा गरेको थियो । गत वर्ष गण्डकी प्रदेश सरकारले घोषणा गरेको घुम्न पर्ने ११० उत्कृष्ट गन्तव्य मध्य राइनासकोट परेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ