२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

अग्ला टापुमा आन्तरिक पर्यटकको चासो

२०७७, २२ कार्तिक शनिबार ०६:०६

कार्त्तिक २२, बलेवा । वर्षा रोकिएर हिउँदको आभाष भएसँगै बागलुङका अधिकांश टापुहरु मनमोहक देखिएका छन् । कतै सूर्योदयको अनुपम दृश्यले पर्यटकको मन लोभ्याउने गरेको छ भने कतै अग्ला पहाडबाट देखिने हिमश्रृंखला र खोँचका बस्तीका सुन्दर दृश्यले आन्तरिक पर्यटकलाई लोभ्याउने गरेको छ । साविकका जिल्ला विकास समितिको पहुँच कम हुँदा प्रतिफल लिन सकिने जिल्लाका कयौं टापुका नत प्रचार हुन्थ्यो नत प्रवद्र्धन नै । राज्यको पुनःसंरचना भएर गठन भएका स्थानीयतहले आफ्ना क्षेत्रका यस्ता टापुका पहिचान, प्रचार र प्रर्वद्धन थालेका छन् ।

बागलुङमा यस्ता टापुका प्रवद्र्धन मा युवा पुस्ताको सक्रियता पनि लोभलाग्दो छ । केही दिनअघि पत्रकार र पर्यटन प्रवद्र्धन मा सक्रिय ‘घुमन्ते समूह’मा आवद्ध युवा समूह जिल्लाको जैमिनी नगरपालिका–७ जैदी, ८ छिस्ती र १० राङखानीको सीमामा पर्ने हाँडीकोट पुग्यो । त्यहाँबाट देखिने हिमश्रृंखला र सूर्योदयको चर्चा सेलाएको छैन । घामको सुनौलो किरण हिमालमा पोखिँदाको दृश्यले युवालाई लालाहित बनायो । उनीहरु फर्किएपछि पस्किएका सामग्रीले हाँडीकोट पुग्ने इच्छा देखाएको बताउनुहुन्छ पत्रकार, सज्जनकुमार सिंह । 

पर्यटनको प्रबल सम्भावना भएर पनि हाँडीकोट ओझेलमा परेको उहाँको भनाइ छ । पर्यटकीय हाँडीकोटबाट सूर्योदय र सूर्यास्तसँगै मनोरम हिमश्रृंखलाको अवलोकन गर्न सकिन्छ । त्यहाँबाट पाल्पा, बुटवलसम्मका भू–भाग देखिन्छन् । जडिबुटी, वन पैदावर, दुर्लभ चरा र वन्यजन्तुको बासस्थान हाँडिकोटको अर्को विशेषता हो । दुई हजार १९५ मिटरको उचाइमा अवस्थित हाँडीकोट पर्यटकीय पूर्वाधार र प्रचारप्रसारको कमीले पछाडि परेको स्थानीय बताउँछन् । जैमिनीले पदमार्ग र सडक मार्गमार्फत हाँडीकोट जोड्ने प्रयास गरेको छ । हरेक वर्ष पदमार्गको लागि लगानी भैरहेको र बृहत योजना बनाएर हाँडीकोट विकासमा लागेको नगर उपप्रमुख लिला राना बताउनुहुन्छ । “यो जैमिनीको आर्थिक समृद्धिको आधार पनि हो”, उहाँले भन्नुभयो ।

बागलुङको बरेङ, गुल्मीको कालीगण्डकी र चन्द्रकोट गाँउपालिकाको सिमानामा पर्छ कौडेको धुरी । हाँडीकोट जस्तै कौडेको धुरी पनि सूर्योदय र हिमश्रृंखला देखिने दक्षिण बागलुङको अर्को टापु हो । केही दिनअघि त्यही टापुबाट पहिलोपटक बरेङ गाउँपालिका स्वास्थ्य संयोजक पदमबहादुर पुनले सूर्योदय देख्नुभयोे । दुई हजार १०० मिटरको उचाईमा रहेको सिग्दी ‘होम स्टे’देखि करिब दुई घण्टाको पदयात्रापछि कौडेकोे धुरी पुगिन्छ । बिहान ६ बजेर १९ मिनेटमा कौडे पुगेका पुनलगायत युवाले पूर्वि छितिजमा उदाएको सूर्य र पश्चिम छितिजमा अस्ताउँदै गरेको चन्द्र एकैपटक देखे, जुन दृष्य निकै मनमोहक थियो ।

पछिल्लो समय कौडेमा पुग्न चाहनेको निकै ठूलो जमात छ । त्यहाँबाट पर्वत, स्याङजा, पोखरा, पाल्पा, बुटवल, अर्घाखाँचीसम्मका भू–भाग देखिन्छन् । कुनै बेला बाईसे÷चौबिसे राजाले त्यस क्षेत्रबाट शासन चलाएको इतिहासमा उल्लेख छ भने लडाइँ गर्दा आफुहरु सरक्षित रहने बङ्करहरु र आफ्ना सेनाहरु परेड खेल्ने ठाँउको अवशेष पनि रहेको छ । जडीबुटी र वन पैदावरका दृष्टिले पनि कौडेकोे धुरी धनी छ । दुर्लभ चराचुरुङ्गी र मृग, बँदेलजस्ता वन्यजन्तुको बासस्थान रहेको तथा २ हजार ६५० मिटरको उचाइमा अवस्थित कौडेको लेक पर्यटकीय पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेको स्थानीय बताउँछन् । बरेङ गाउँपालिकाले कौडेको विकासका लागि हरेक वर्ष बजेट विनियोजन गर्ने गरेको छ ।

“विनियोजित रकमले पदमार्ग निर्माण गरिएको छ तर पर्याप्त भएन”, सिग्दी सामुदायीक घरबासका अध्यक्ष हिराबहादुर पुन भन्नुहुन्छ, “यहाँ तत्कालै गर्नुपर्ने धेरै काम छन्, खानेपानी, शौचालय र खाजा खानेसम्म ठाउँ छैन, होमस्टेदेखि नै व्यवस्था मिलाउने गरेको छ ।” स्थानीय सरकारको लगानी र युवाको सक्रियताले पर्यटकीय टापुहरुको विस्तारै प्रचारप्रसार र पहिचान हुन थालेको कौडेको धुरी पुग्नुभएका प्रकाश छन्त्याल बताउनुहुन्छ । “अथाह सम्भावना छन्, तर बेवास्ता भैरहेको छ”, छन्त्याल भन्नुभयो्, “कौडे र हाँडीकोटजस्ता धुरी बिदा मनाउनेका लागि उपयुक्त गन्तव्य हुन् ।” सरकारका तीनै तहले यस्ता पर्यटकीय क्षेत्रमा लगानी बढाउनुपर्ने घरबासका अध्यक्ष पुन बताउनुहुन्छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा