२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्लानेटको घुम्नैपर्ने १० गन्तव्य सूचीमा अन्नपूर्ण सर्किट

२५ कार्तिक २०७७, मंगलवार ११:२०

कात्तिक  २५, काठमाडौँ । चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको छ । विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा पारेको हो । अन्नपूर्ण घुम्नैपर्ने गन्तव्य भएको उल्लेख गर्दै साइटले स्वर्ण मन्दिर, आकर्षक गाउँ, जङ्गल र वन्यजन्तुलाई नजिकबाट नियाल्न सकिने विशेषता उल्लेख गरेको छ । अन्नपूर्णको साहसिक र रोमाञ्चक यात्रा उत्प्रेरक हुने भन्दै पदयात्रापछि थाकेको शरीरलाई स्वादिष्ट परिकार र चियाले भरपुर आनन्द दिलाउन सकिने संस्थाले साइटमा लेखेको छ ।

अन्नपूर्ण सर्किटमा रहेका अन्नपूर्ण क्षेत्र, तिलिचो ताल, कालीगण्डकी तथा थोरङ्ला पाससम्मको यात्रा वर्णन गर्दै लोन्ली प्लानेटले विश्वभरका पर्यटकका घुमफिरको योजनामा राख्न पनि अन्नपूर्णलाई सुझाएको छ । अन्नपूर्ण क्षेत्र दृश्यावलोकन, उच्च हिमाली भञ्ज्याङ, आरामदायी लज र स्याउका परिकारका लागि चर्चित मानिन्छ । पर्यटकीय नगरी पोखराबाट उत्तरी क्षेत्रमा पर्ने यो क्षेत्रमा सात हजार मिटरभन्दा अग्ला १४ हिमाल पर्छन् । जसमा संसारकै दशौँ अग्लो आठ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम हिमाल हो । दश दिन लामो पदयात्रामा अन्नपूर्ण दक्षिण र अन्य दर्जनौँ साना मार्ग समेटिएका छन् जुन हिमाली गाउँमा गएर जोडिन्छन् । घुम्नैपर्ने १० गन्तव्यको सूचीको पहिलो नम्बरमा जोर्डनको पेट्रासिटीलाई राखिएको छ । त्यस्तै दोस्रो स्थानमा इक्वेडरको गालापागोस र तेस्रो स्थानमा अष्ट्रेलियाको उलुरु राष्ट्रिय निकुञ्ज परेको छ । लोन्ली प्लानेट संसारकै विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट अमेरिकी कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान