२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गति लिँदै पर्यटन, प्रवद्र्धन रणनीति बनाउँदै बोर्ड

१८ मंसिर २०७७, बिहीबार ११:०६

सिबी अधिकारी । मङ्सिर १८, काठमाडौँ । कोभिड–१९ महामारीको जोखिम कायम रहँदा पनि नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्यामा क्रमशः वृद्धि भएको छ । सन् २०२० को ११ महिनाभित्र दुई लाख २० हजार १२० पर्यटकले नेपाल भ्रमण गरेका छन् । एघार महिनाका अवधिमा सबैभन्दा बढी जनवरी, फेब्रुअरी र मार्चमा पर्यटक आएका छन् । 

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार पछिल्लोपटक नोभेम्बरमा मात्रै एक हजार ९४७ पर्यटक नेपाल घुम्न आएका छन् । अघिल्लो अक्टोबारमा एक हजार ७४ पर्यटक नेपाल आएका थिए । तुलनात्मकरूपमा क्रमशः विदेशी पर्यटक आवागमन बढ्दै गएको र प्रतिशतमा पाँचदेखि १० प्रतिशत वृद्धिदर रहेको बोर्डले जनाएको छ ।

नोभेम्बरमा अमेरिकाबाट ४४७, बेलायतबाट २९५ र चीनबाट २०९ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यस्तै भारतबाट १२३ र रुसबाट १०२ तथा क्यानडाबाट ५८, जापानबाट ३७, दक्षिण कोरियाबाट ३५, अष्टे«ेलियाबाट ३४, फ्रान्सबाट ३३ र बेल्जियमबाट २८ जना नेपाल भ्रमणमा आएका बोर्डको विवरण छ ।

सन् २०२० जनवरीमा ७९ हजार ६८६, फेब्रुअरीमा एक लाख एक हजार ४०० र मार्चमा ३४ हजार २५ विदेशी पर्यटक नेपाल आएका थिए । सबैभन्दा कम मे अप्रिलमा १३, मेमा ३० र जुन महिनामा १०० विदेशी पर्यटक आएको बोर्डले जनाएको छ । त्यस्तै जुलाइमा १९५, अगस्टमा २६८, सेप्टेम्बरमा ५८७ विदेशी पर्यटक आएका थिए । तुलनात्मकरूपमा नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएपछि बोर्डले सम्भावित अन्तर्राष्ट्रिय गन्तव्यमा प्रभावकारी प्रवद्र्धनको रणनीति बनाउन लागेको छ ।

बोर्डका निर्देशक मणि लामिछानेले पछिल्ला महिनामा विदेशी पर्यटक बढेको जानकारी दिँदै अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी प्रवद्र्धनको तयारीमा बोर्ड जुटेको उल्लेख गर्नुभयो । उहाँका अनुसार बेलायतमा कोभिड–१९ को खोप प्रयोगमा आउने भएपछि विदेशी पर्यटक बढ्ने नयाँ ढोका खुलेको छ । जर्मन औषधि निर्माण कम्पनी बायोइन्टेक र अमेरिकन फाइजर कम्पनीले संयुक्त  साझेदारीमा उत्पादन गरेको कोरोनाविरुद्धको खोपले मानव प्रयोगमा पहिलो अनुमति पाएको पाएको थियो ।  अमेरिका तथा अन्य युरोपेली मुलुकमा पनि खोपको उपयोग भएका खण्डमा ती देशबाट धेरै पर्यटन भित्र्याउन सकिने बोर्डको आकलन छ ।

नेपालको पर्यटनको प्रमुख स्रोत बजार भारत, चीन र अमेरिकापछि चौथो नम्बरमा बेलायत पर्छ । बेलायतले यसै सातादेखि आमसमुदायमा खोप प्रयोगमा ल्याउने भएपछि विश्व पर्यटन बजारमा आशाका किरण देखापरेका छन् । कोभिडको खोप विकाससँगै पर्यटन बजार पुरानै लयमा फर्कने अनुमान गरिएको छ ।

निर्देशक लामिछानेले बेलायतले खोप प्रयोगका लागि अनुमति दिएसँगै विश्व बजारमा नयाँ आशाको सञ्चार छाएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिड खोपले आशा जगाएसँगै विश्व बजारमा पर्यटनलगायत आर्थिक गतिविधि बढ्ने विश्वास लिइएको छ । अहिलेको अवस्थामा पर्यटनको कस्तो रणनीति बनाउने भन्ने विषयमा बोर्डले गृहकार्य गरिरहेको छ ।”

कोभिड महामारी नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि देशभर बन्दाबन्दी लागू गरेको थियो । चैत ८ गतेदेखि नै अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध भएको थियो । बन्दाबन्दी र पछिल्लो निषेधाज्ञापछि करिब छ महिनाको अन्तरालमा गत भदौ १६ देखि नियमित अन्तराष्ट्रिय उडान शुरु भएको थियो । गत असोज ५ देखि मुलुकको आन्तरिक उडान सञ्चालनमा आएको थियो ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । शुरुका तीन महिना जनवरी, फेब्रुअरी र मार्चमा पर्यटक आगमन राम्रो रहे पनि कोभिड महामारीको विश्वव्यापी असर नेपालमा पनि पर्यो । अर्थतन्त्रका अन्य क्षेत्रजस्तै पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बन्यो । कोरोनाबाट प्रभावित उद्योग तथा व्यवसाय सञ्चालनका लागि सरकारले राहत दिने घोषणा गरिसकेको छ । घरेलु, साना तथा मझौला उद्यम, पर्यटन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानीका साथै व्यवसाय सञ्चालन निरन्तरताका लागि रु ५० अर्बको राहत कोष कार्यान्वयनको बाटो खुलेको हो । अर्थ मन्त्रालयले व्यावसायिक निरन्तरता कर्जा प्रवाह २०७७ जारी गरिसकेको छ । यसको कार्यान्वयन नेपाल राष्ट्र बैंकमार्फत हुने जनाइएको छ ।

भ्रमण वर्षको उत्साहमा व्यवसायीले पर्यटन पूर्वाधारमा उल्लेख्य लगानी गरेका थिए । कोभिडका कारण उनीहरु अहिले उठ्नै नसक्ने अवस्थामा पुगेका छन् । हालको अवस्थालाई पनि मध्यनजर गर्दै बोर्डले आगामी रणनीति बनाउन लागेको निर्देशक लामिछानेले जानकारी दिनुभयो ।  उहाँले अहिले पर्यटन प्रवद्र्धनका लागि विभिन्न काम भइरहेको र आन्तरिक पर्यटन प्रवद्र्धन समितिले पनि प्रवद्र्धनका गतिविधिबारे तयारी गरिरहेको बताउनुभयो ।  

सरकारले गत अक्टोवर १७ बाट विदेशी पर्यटकका लागि नेपाल खुला गर्ने निर्णय गरेको थियो । स्वास्थ्य मापदण्ड पालना गरेर विदेशी नागरिक नेपालको पदयात्रा तथा पर्वतारोहणलगायत गतिविधिमा आउन सहज भएको छ । 

सन् २०२० मा अघिल्लो वर्षको तुलनामा करिब २० प्रतिशत मात्रै पर्यटक आवागमन हुने प्रक्षेपण गरेको छ ।  अघिल्लो वर्षको तुलनामा ८० प्रतिशत गिरावट हो । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ र सन् २०१८ मा ११ लाख ७३ हजार ७७ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली