४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

७२ लाख खर्चेर सात वटा पदमार्ग बन्ने

२ पुष २०७७, बिहीबार ०५:१९

पुस २, बलेवा । कोरोना महामारीका कारण सुनसान रहेका जिल्लाका पर्यटकीयस्थलमा मङ्सिरको तेस्रो साताबाट मात्रै सामान्य चहलपहल देखिन थालेको छ । धार्मिक पर्यटकीय क्षेत्र हुन् वा प्राकृतिक पर्यटनको सम्भावना बोकेका क्षेत्र, झण्डै नौ महिनापछि सामान्य आन्तरिक पर्यटकको आउजाउ हुन थालेको छ । 

कोरोना महामारीका कारण पर्यटकीय क्षेत्र सुनसान मात्रै भएनन्, तीनै तहका सरकारले ती क्षेत्रको विकासका लागि विनियोजन गरेका बजेटको कार्यान्वयन गर्ने कामसमेत प्रभावित भए । महामारीको मारबाट विस्तारै तङ्ग्रिँदै गरेको बागलुङको पर्यटन क्षेत्रको विकासका लागि गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटको कार्यान्वयन शुरु भएको छ । 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षमा बागलुङमा मात्रै सात वटा पदमार्ग निर्माण गर्दैछ । रु पाँच लाखदेखि २० लाख बजेट विनियोजन भएका पदमार्ग निर्माणको काम शुरु भएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बताउनुभयो ।

जिल्लाभर यो आवमा पदमार्गका लागि मात्रै रु ७२ लाख ५० हजार खर्च हुनेछ । बागलुङमा सबैभन्दा धेरै बजेट खर्चेर बागलुङ नगरपालिका–६ पञ्चकोटदेखि काठेखोला गाउँपालिका–३ को बेलढुङ्गासम्मको पदमार्ग निर्माण हुनेछ । मन्त्रालयले उक्त पदमार्गको लागि रु २० लाख बजेट विनियोजन गरेको छ । जिल्लाभर १९ वटा योजना बनाएर बजेट बाँडेको मन्त्रालयले पदमार्गका योजना धेरै समावेश गरेको छ भने पर्यटकीय क्षेत्र पूर्वाधार विकासका योजना पनि समावेश छन् । 

काठेखोला गाउँपालिका–८ लेखानीदेखि जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र गलकोट नगरपालिकाको सङ्गमस्थल गाजाको धुरीसम्म मन्त्रालयले पदमार्ग विकास गर्ने भएको छ । रु १५ लाख खर्चेर यसै आवमा पदमार्ग निर्माणको काम शुरु हुने मन्त्रालयले जनाएको छ । गलकोट नगरपालिकाको मल्मबाट घुम्टेको धुरीसम्म पदमार्ग निर्माणका लागि रु १० लाख बजेट विनियोजन भएको छ । जैमिनीधाम, बिनामारे माइकास्थान पदमार्गका लागि रु १० लाख, पञ्चकोट पर्यटकीय पदमार्गका लागि रु सात लाख ५० हजार, एयरपोर्ट, बहुपुर्छा पदमार्गका लागि रु पाँच लाख र कौडेडाँडा पदमार्गका लागि रु पाँच लाख बजेट छ । 

“अब सबै योजनाको काम थालनी हुन्छ, पर्यटनका पूर्वाधार तयार गर्न हामीले कुनै कसर बाँकी राख्ने छैनौँ”, पर्यटकीय क्षेत्रमा गरेको लगानी अनुगमन तथा निरीक्षणबाट फर्केपछि मन्त्री लम्सालले भन्नुभयो, “हाम्रो आर्थिक समृद्धिको आधार नै पर्यटन हो ।” बागलुङमा १० वटा घरबासको पूर्वाधार विकासका लागि मात्रै मन्त्रालयले रु एक करोड २० लाख खर्चिने छ । गत वर्ष घरबास प्रवद्र्धनमा रु दुई करोड ८० लाख  खर्च भएको थियो । घरबास र पदमार्गका नाममा भएको खर्च दुरुपयोग भएको गुनासो आउन थालेपछि मन्त्री लम्सालले एक साता पहिले अनुगमन गर्नुभएको थियो । 

अनुगमनपछि लम्सालले हल्ला चलेकोजस्तो दुरुपयोग नभएको र कमीकमजोरी गरेकालाई सच्चिन आग्रह गरेको बताउनुभयो । मन्त्रालयले दह तथा ताल मर्मतदेखि उद्यान निर्माणका लागिसमेत बजेट विनियोजन गरेको छ । सबै बजेटको कार्यान्वयन शुरु भएको मन्त्रालयले जनाएको छ । पर्यटन क्षेत्रका सरोकारवालाले भने मन्त्रालयले दिने बजेट कार्यान्वयनमा समस्या हुने गुनासो गर्ने गरेका छन् ।

“प्राविधिक लागत अनुमानसहित आउनु भनेर उपभोक्तालाई खबर आउँछ, लागत अनुमान मन्त्रालयले गर्ने हो की स्थानीय तहले थाहा नहुने ?”, कालिका भगवती गुठी बागलुङका अध्यक्ष राजु खड्काले भन्नुभयो, “जिल्लामा पर्यटन कार्यालय आवश्यक छ तब मात्रै सबै योजनाको कार्यान्वयन समयमा हुन्छ ।” मन्त्रालयले पर्यटन कार्यालय स्थापनाका लागि अध्ययन समिति बनाएर काम अघि बढेकाले यो आवका सबै योजना उपलब्धि देखिने गरी कार्यान्वयनमा आउने दाबी गर्ने गरेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता