२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

काँकडभिट्टा नाकामै बन्यो पर्यटक लोभ्याउने देवकोटा पार्क

६ पुष २०७७, सोमबार ०४:५०

पुस ६, झापा । नेपालको पूर्वी सीमा नाका काँकडभिट्टामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको प्रतिमासहित सुन्दर उद्यान बनेको छ । पर्यटकीय आकर्षणको केन्द्र बनेको देवकोटा पार्कको नामले परिचित यो स्थानमा दिनहुँ सयौँ आन्तरिक पर्यटक रमाउने गरेका छन् ।

मुलुकको प्रवेश नाकामै रहेको यो पार्क छ वर्ष अघिसम्म लागुऔषधका दुव्यर्सनीको अखडाजस्तै थियो । त्यसबेला यहाँ देवकोटाको अर्धकदको शालिक थियो । असामाजिक तत्वले शालिक पटकपटक तोडफोड गरेका थिए । स्थानीय युवाले पार्कको महत्व बुझेर स्याहारसम्भार गर्दै जाँदा अहिले देवकोटा पार्क पर्यटक लोभ्याउने स्थलको रूपमा विकसित भएको हो ।

कोभिड–१९ का कारण चैतदेखि बन्द रहेको पार्क तिहारको लक्ष्मीपूजाको दिनदेखि खुलेको थियो । विभिन्न मनमोहक फूल र वृक्षले भरिभराउ पार्कमा बालबालिकालाई पिङ, चिप्लेटी, ढिकीच्याउँ, मिनी रेललगायतका खेल्ने सामान राखिएको छ । बाल उद्यानका कारण दैनिक १०० को हाराहारीमा बालबालिका नै अभिभावकसहित आउने गरेका छन् । 

पार्कको संरक्षण र सौन्दर्य अभिवृद्धिका लागि स्थानीय युवा बालकृष्ण थापाले युवा स्वयंसेवकको अगुवाइ गरिरहेका छन् । पार्कको सरसफाइ, बगैँचाको गोडमेल, फूलको रोपणजस्ता काममा युवा स्वयंसेवक नियमित खट्छन् । युवाको लगनशीलता देखेर स्थानीय नगरपालिका, प्रदेश सरकार र नेपाल पर्यटन बोर्डले पार्कलाई व्यवस्थित तुल्याउन आर्थिक सहयोग गर्न थालेका छन् । 

देवकोटा पार्क निर्माण तथा व्यवस्थापन समितिका सचिव फणीन्द्र घिमिरेले आर्थिक सहयोग जुटेपछि शालिकको नियमित रङरोगन, पक्की घेराबारा, बाल उद्यान, शौचालय, वाइफाइ, बिजुली, खानीपानीसमेतको व्यवस्था गरिएको बताउनुभयो । उहाँले युवाले पार्कको व्यवस्थापन सम्हालेपछि पार्कमा निर्माण गरिएको पुस्तकालय र कफी सेन्टर चाँडै उद्घाटनको तयारीमा रहेको जानकारी दिनुभयो ।

पार्क व्यवस्थापनका लागि प्रदेश नम्बर १ को सरकारले रु एक लाख, मेचीनगर नगरपालिकाले रु १४ लाख, वडा नम्बर ६ ले रु तीन लाख, नेपाल पर्यटन बोर्डले रु सात लाख आर्थिक सहयोग गरेको देवकोटा निर्माण व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण थापाले बताउनुभयो । “कुनै बेला लागुऔषध दुव्र्यसनीको अखडा बनेको पार्कको विकास गर्न स्थानीय युवाले गरेको योगदान सराहनीय छ”, उहाँ भन्नुहुन्छ, “देवकोटा पार्कलाई सजाउन हामीले सरकारी अनुदानको मात्र भर नपरी स्वेच्छिक सहयोगसमेत गरेका छौँ ।”

कोभिड कहरकै अवधिमा काँकडभिट्टासम्म एशियाली राजमार्गको छ लेनको फराकिलो सडक निर्माण भइसकेको छ भने मेचीमा चार लेनको नयाँ पुल बनेको छ । निकट भविष्यमा नाका खुला भएपछि पूर्वी प्रवेशद्वार काँकडभिट्टाबाट भित्रिने पर्यटकको पहिलो नजर देवकोटा पार्कमा पुग्ने मेची उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष बिना तामाङले बताउनुभयो ।

व्यवस्थापन समितिले पार्कमा खेल्न आउने १२ वर्षमुनिका बालबालिकाका लागि रु १० टिकटको व्यवस्था गरेको छ । बालबालिकाले टिकट लिएपछि अभिभावकलाई हेरचाहमा प्रवेश निःशुल्क गरिएको छ । कोरोनाका कारण विद्यालय बन्द रहेकाले दैनिक १०० भन्दा बढी बालबालिका पार्कमा खेल्न घुम्नका लागि आउने गरेको अध्यक्ष थापाले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ