२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

बागलुङका दश घरबासलाई एक करोड अनुदान

२०७७, १० पुष शुक्रबार ०९:४३

पुस १०, गलकोट । गण्डकी प्रदेश सरकारले बागलुङ जिल्लाका १० सामुदायिक घरबासलाई रु एक करोड अनुदान उपलब्ध गराउन शुरुआत गरेको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय बागलुङमा रहेको २८ वटा सामुदायिक घरबासमध्ये ती घरबास छनोट गरेर पूर्वाधारका लागि अनुदान प्रदान गर्न छनोट भएका छन् । ग्रामीण पर्यटन प्रवद्र्धनमा घरबासलाई व्यवस्थित गराउनका लागि आर्थिक वर्ष २०७७/०७८ मा जिल्लाका ती घरबासले रु एक करोड अनुदान पाउन थालेका हुन् । 

मन्त्रालयले आह्वान गरेको सूचनाबमोजिम जिल्लाका नौ घरबास छनोट भइसकेको र एक घरबास छनोट हुन बाँकी रहेको छ । अनुदान स्वीकृत भएका घरबासले पूर्वाधार निर्माण गर्न रु १० लाख पाउने र रु दुई लाख घरबास सञ्चालकले खर्च गर्नुपर्ने गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालययको पर्यटन महाशाखा प्रमुख डिल्लीराम रिजालले जानकारी दिनुभयो ।

“कोरोनाका कारण गत वर्ष अनुदान दिने रु दुई करोड ८० लाख रकम दिन सकिएन, यस वर्ष थोरै घरबासलाई अनुदान दिन थालिएको हो”, उहाँले भन्नुभयो, “अनुदानबापतको रकमले पूर्वाधार निर्माणपश्चात् घरबासको सेवा तथा सुविधामा वृद्धि हुने, पर्यटनमैत्री वातावरण बन्ने छ ।”

अनुदानका लागि छनोटमा परेका सामुदायिक घरबासमा बागलुङ नगरपालिका–१० स्थित अतिथि सत्कार सामुदायिक घरबास, भकुण्डे सामुदायिक घरबास, काठेखोला गाउँपालिका–७ रेशको डोटा देउराली सामुदायिक घरबास र माहुरी झरना सामुदायिक घरबास, गलकोट नगरपालिका–१० पाण्डवखानी स्थित सिद्धथान सामुदायिक घरबास, बरेङ गाउँपालिकाको सिग्दी सामुदायिक घरबास, गाजाको सिद्ध बराह सामुदायिक घरबास, ताराखोला गाउँपालिका–२ अगलस्थित किकल्टा सामुदायिक घरबास र निसीखोला सामुदायिक घरबास अनुदानका लागि छनोट परेका छन् । महाशाखा प्रमुख रिजालका अनुसार एक घरबास छनोटमा पर्न बाँकी रहेको छ । छनोटमा परेका घरबासले पर्यटन कार्यालय पोखरामार्फत अनुदानका लागि प्रस्तावनासहित सम्झौता गरिसकेर अनुदान लिन थालेका छन् । 

सरकारले घरबास सञ्चालन र त्यसका लागि अनुदान उपलब्ध गराउन निर्माण गर्ने प्रस्तावनाको आधारमा घरबास छनोट गरिएको हो । सरकारले घरबास सञ्चालन गर्न अनुदान दिने रु १० लाखको २० प्रतिशतअर्थात् रु दुई लाख सम्बन्धित घरबास व्यवस्थापन समितिले अनिवार्य साझेदारी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

अनुदान रकमबाट घरबास सञ्चालन तथा प्रवद्र्धनसँग सम्बन्धित पर्यटक सूचना केन्द्र, सामुदायिक भवन, बहुउद्देश्यीय भवन, सार्वजनिक सभागृह, हस्तकला केन्द्र, कोशेली घर, सौगातगृह, सांस्कृतिक सङ्ग्रहालय, सार्वजनिक पुस्तकालय,  उद्यान, भ्यूटावर बनाउन प्रवेशद्वार, पदमार्ग, ढङ्गेमार्ग प्रदर्शनीस्थल, पदमार्ग, बगैँचालगायतमा अनुदानको रकम व्यवस्थापन समितिले खर्च गर्न पाउने छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले स्वरोजगार सिर्जना गर्न घरबास प्रवद्र्धन गर्न आवश्यक रहेको जनाउँदै गाउँ पर्यटनका लागि बजेटले सघाउ पुग्ने बताउनुभयो । यसअघि डिभिजन वन कार्यालय हुँदै आएको घरबास अनुदान कार्यक्रम अबदेखि पर्यटन कार्यालय पोखराबाट सञ्चालनमा आउने छ । रासस 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा