२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

पर्यटकीय गन्तव्य बन्दै लिगलिगकोट, पर्यटकलाई लक्षित गरि ‘होटल लिगलिग मनास्लु भ्यू’ सञ्चालनमा

२३ पुष २०७७, बिहीबार ०९:००

पुस २३, गोरखा । लिगलिगकोट आउने पर्यटकलाई लक्षगरी पालुङटार नगरपालिकामा करिब रु सात करोडका लागतमा सुविधासम्पन्न होटल सञ्चालनमा ल्याइएको छ । 

नेपाल एकीकरणको उद्मस्थलका रुपमा लिगलिगकोटलाई लिइन्छ । यसको प्रचारप्रसारसँगै पर्यटकको सङ्ख्या बढ्न थालेपछि  ‘होटल लिगलिग मनास्लु भ्यू’ सञ्चालनमा ल्याइएको होटल सञ्चालक मानबहादुर पौडेलले जानकारी दिनुभयो । 

“अहिलेसम्म कूल रु सात करोड १० लाख लगानी भइसकेको छ, अझै निर्माणको काम भइरहेको छ”, उहाँले भन्नुभयो,“लिगलिगकोट घुम्न आउने पर्यटक अब बास खोज्दै फर्कनुपर्ने बाध्यता हुने छैन ।” दश रोपनी क्षेत्रफलमा निर्माण गरी सञ्चालनमा ल्याइएको होटलमा २० आधुनिक र सुविधासम्पन्न आरामदायी कोठा रहेका छन् । 

होटलमा आधुनिक सुबिधासम्पन्न बैठक कक्ष, पार्टी प्यालेस, आवश्यकतानुसार बैठक कोठा तथा रेष्टुरेन्ट  छन् । सञ्चालक पौडेलले भन्नुभयो,“अहिले स्विमिङ पुल  निर्माणको काम पनि भइरहेको छ ।” उहाँले लिगलिगकोट र जिल्लाका आसपासका पर्यटकीय गन्तव्य घुम्न आउने पर्यटकलाई पर्यटकीयस्थलसम्म घुमाएर फर्काउनेसम्मको व्यवस्था होटलले मिलाएको जानकारी दिनुभयो । 

त्यस्तै होटलमा आउने पाहुनाले स्थानीय उत्पादनको स्वाद चाख्न पाउनेछन्् भने उनीहरुको चाहनाअनुसार स्थानीय कलासंस्कृतिको प्रस्तुतिसमेत देखाउने व्यवस्था रहेको उहाँको भनाइ छ । पालुङटार क्षेत्रमा सुविधा सम्पन्न होटल नहँुदा घुम्न आउने पर्यटकलाई समस्या हँुदै आएको थियो । 

लिगलिगकोट आउने पर्यटक लिगलिगकोट आसपासका क्षेत्रमा बस्नका लागि उपयुक्त बासस्थान नहुंदा फर्कनुपर्ने बाध्यता रहदै आएको थियो । पालुङटार–२ आँपपीपलमा पर्ने लिगलिगकोटमा अहिले दैनिक एक हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेका छन् । दौडिएर राजा हुने परम्परा भएको लिगलिगकोट अध्ययन र अवलोकनका लागि पर्यटक आउने गरेको लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिनुभयो । तत्कालीन समयमा लिकलिगकोटमा प्रत्येक वर्ष बडादशैंको नवमीका दिनमा नयाँ राजा छान्ने चलन रहेको इतिहास रहेको छ । 


 “आवश्यक भौतिक पूर्वाधार निर्माण नहुँदा यहाँ आउने पर्यटकलाई समस्या हुँदै आएको थियो ”, उहाँले भन्नुभयो, “पर्यटकलाई लक्ष्यगरी होटल सामुदायिक घरबासलगायत सञ्चालन हुन थालेपछि सजिलो भएको छ ।” लिगलिगकोटमा स्थानीय मगर समुदाय मिलेर भर्खरै मात्र सामुदायिक घरबाससमेत सञ्चालन गरिएको अध्यक्ष रानाको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ