२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तरराष्ट्रिय विमानस्थलको आकस्मिक अनुगमनमा पर्यटनमन्त्री

८ चैत्र २०७७, आईतवार १७:०३

चैत ८, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आकस्मिकरुपमा अनुगमन/निरीक्षण गर्नुभएको छ । अनुगमनमा पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल र विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी पनि सहभागी हुनुहुन्थ्यो । 

पर्यटनमन्त्री ढकालले अनुगमनका क्रममा देखिएका कमजोरी सुधारका लागि सात दिनको समय दिँदै पुनः अनुगमनमा आउने बताउनुभएको छ । मन्त्री ढकालले विमानस्थलको पुनःनिर्माणको काम गर्दा यात्रुको असुविधा हुने गरी नगर्न विमानस्थल व्यवस्थापनलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो मान्छे कति जिम्मेवार छन् भन्ने कुरा विमानस्थलको श्रम कार्यालय हेरेर देखिन्छ । सरसफाइमा त्यति जिम्मेवारी देखिएन । सुरक्षा जाँचको नजिकै पान खाएर थुकेको छ । विमानस्थल प्रमुखले पनि निरन्तर अनुगमन गरेर काम गराउनुपर्यो । कर्मचारीको काम सेवाग्राहीलाई सेवा दिने र मन जित्ने हो । राम्रो गर्नुस् ।”


पर्यटनमन्त्री ढकालले विमानस्थलको अवस्था भद्रगोल बनाएर भत्ता माग्न नआउन अनुरोध पनि गर्नुभयो । उहाँले नेपालको विमानस्थल हेरेर विदेशी विमानस्थलसँग तुलना गर्न मिल्ने बनाउन निर्देशन दिनुभएको पर्यटनमन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ