२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आरोहणमा कुनै स्वास्थ्य जोखिम छैनः पर्यटन मन्त्रालय

२५ बैशाख २०७८, शनिबार ०५:४९

वैशाख २५, काठमाडौँ (रासस)। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा आधार शिविरमा कुनैपनि स्वास्थ्य जोखिम नरहेको जनाएको छ ।     वसन्त यामको जारी सगरमाथा आरोहणमा संलग्न केही आरोहीमा कोभिड–१९ सङ्क्रमण देखिएको भनी विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाउदैँ विज्ञप्ति निकालेर प्रचार गरिएजस्तो सगरमाथामा कुनै जोखिम नरहेको स्पष्ट पारेको हो । नेपालका केही तथा विदेशी सञ्चारमाध्यमले सगरमाथा आधार शिविरमा कोरोना फैलिएको भन्दै पछिल्ला दिनमा समाचार प्रकाशन–प्रसारण गरेका थिए ।

वसन्त यामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ जना आरोहीले आरोहण अनुमति लिएका र सबै आरोही समूहले सगरमाथासहितका पर्वतारोहण सम्बन्धी क्रियाकलाप सम्भव भएसम्म स्वास्थ्य मापदण्डहरु पालना गर्दै आरोहण अभ्यास गरिरहेको पनि मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ “पर्यटन विभागले हरेक आरोही दलको आरोहण गतिविधि, घटना र महत्वपूर्ण समाचारका लागि हरेक समूहका लागि एक/एक सम्पर्क अधिकृत खटाइएको छ । उनीहरुले आरोहण दलका नेताको सम्पर्कबाट प्राप्त सूचना तथा स्थलगत अनुगमनको आधारमा पर्वतारोहीको स्वास्थ्य स्थितिका सम्बन्धमा यकिन गरिने हुँदा हालसम्म प्रचार गरिएजस्तो स्वास्थ्य जोखिम भएको जानकारी प्राप्त भएको छैन ।”

आधिकारीक निकायबाट कुनै जानकारी प्राप्त नभएको अवस्थामा सरकारी निकायसँग समन्वय र सम्पर्क नगरी भ्रमपूर्ण र पर्वतारोही, पर्वतारोहीका परिवारमा त्रास फैलाउने गरी अपुष्ट सूचना प्रकाशन नगर्न तथा आधिकारिक निकायबाट प्रमाणित सूचना मात्रै प्रकाशित गर्न मन्त्रालयले सम्बन्धित सबैमा अनुरोध पनि गरेको छ ।

साथै प्रतिकूल अवस्थामा रहेका पर्वतारोही र पदयात्रीलाई उद्धार गरी सुरक्षित गन्तव्यमा पुरयाइ आवश्यक व्यवस्थापन गर्न पर्यटन मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा कोभिड सङ्कट सहजिकरण एवम् समन्वय एकाइ गठन गरिएको मन्त्रालयले जनाएको छ ।

वसन्त यामको सगरमाथा आरोहण शुक्रबार साँझ कीर्तिमानी कामीरिता शेर्पा नेतृत्वको १२ जना शेर्पा समूहले रोप फिक्सिङ (सगरमाथामाको चुचुरोमा डोरी टाँग्ने) गरेपछि औपचारिक  रुपमा व्यवसायिक आरोहण शुरु भएको विभागका निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । यस पटकको आरोहणमा कामीरिताले यसअघिको आफ्नै कीर्तिमान तोडेर सगरमाथाको २५ औँ पटक आरोहणको विश्वकीर्तिमान कायम गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह