२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्की माउन्टेनरिङका लागि मेरापिक उपयुक्त गन्तव्य

९ जेष्ठ २०७८, आईतवार ०७:३८

सिबी अधिकारी । जेठ ९, काठमाडौँ (रासस)। सगरमाथा क्षेत्रमा पर्ने समुद्री सतहदेखि छ हजार ४७६ मिटर उचाइको मेरापिक हिमाल स्की माउन्टेनरिङका लागि उपयुक्त गन्तव्य रहेको पाइएको छ । मेरापिक हिमालमा स्की माउन्टेनरिङ तालीम सञ्चालनका लागि हालै गरिएको उक्त हिमाल आरोहणसहितको अध्ययनले उपयुक्त गन्तव्य ठर्याएको हो । 

नेपालका दुई तथा विदेशी दुई गरी चारजनाको टोलीले उक्त गन्तव्यको आरोहण र अध्धयन गर्न निस्केको थियो । गत मे ६ तारिखमा दुई विदेशीले मेरापिकको टुप्पोमा पुगेर मेरापिकदेखि स्की खेल्दै करीब आधा घण्टामा आधार शिविर भरेका थिए । नेदरल्यान्डका ३५ वर्षीय मथिज लियोनार्द बनार्ड र ४० वर्षीय डाइड्रिक भान रिजिनले मेरापिक आरोहण गरेका हुन् ।

स्की एन्ड स्नोबोर्डिङ प्रतिष्ठानले स्नो गाइड नेपाल ट्रेक्स एन्ड एक्पिडिशनसँगको सहकार्यमा मेरापिक आरोहण तथा स्की माउन्टेनरिङ खेलको सम्भाव्यता अध्ययन गरेको थियो । उक्त कार्यमा स्थानीय रिफ्युजी मेरा होटेलले सहयोग गरेको थियो । प्रतिष्ठानका अध्यक्ष उत्सव पाठकले मेरापिक हिमालमा स्की माउन्टेनरिङ खेलका लागि प्रशिक्षण सञ्चालनका लागि अध्ययन गरिएको र मेरापिक उपयुक्त गन्तव्य रहेको जानकारी दिनुभयो । 

उहाँका अनुसार सन् २०२६ मा इटालिमा हुने ओलम्पिकको स्की माउन्टेनरिङ खेलमा सहभागिता जनाउनका लागि मेरापिकमा प्रशिक्षण सञ्चालन गरिनेछ । यो ओलम्पिक सन् २०१८ मा दक्षिण कोरिया र सन् २०२२ मा चीनमा हँुदैछ । पहिलो पटक स्की माउन्टेनरिङ खेल समावेश गरिएको प्रतियोगिता इटालीमा शुरु हुन लागेको जनाइएको छ । उक्त प्रतियोगितामा राष्ट्रिय  टोली बनाएर लैजाने योजना छ ।

ओलम्पिकका लागि सहभागिता गराउने उद्देश्यले तालीमलगायत काम गरिएको जानकारी दिँदै अध्यक्ष पाठकले मेरापिकमा आगामी अक्टोबर महिनामा स्की माउन्टेनरिङ प्रतियोगिता तालीम आयोजना गरिने बताउनुभयो । यही संस्थाले सन् २०१९ मा कालिञ्चोकमा स्की प्रतियोगिता आयोजना गरेको थियो । उक्त फाउण्डेशन इन्टरनेशनल स्की माउन्टेनरिङ फेडेरेशनको सदस्य संस्था  पनि हो ।

यसअघि प्रतिष्ठानले नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा पर्यटकीय जिल्ला दोलखामा पहिलो पटक स्की महोत्सव गर्ने तयारी गरेको भए पनि कोरोना महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो । स्की खेलप्रति रुचि राख्ने स्वदेशी एवं विदेशी तथा कालिञ्चोक घुम्न आउनेलाई लक्षित गरी कालिञ्चोक गाउँपालिका कुरी क्षेत्रमा माघ ९ देखि ११ गतेसम्म प्रथम कुरी स्की–स्नोबोर्ड च्याम्पियनशिप खेल महोत्सव आयोजना गर्ने योजना थियो । 

प्रतिष्ठानले यसअघि रोल्वालिङ, हुम्लाको सिमीकोट, डोल्पाको पुथा हिमचुली, सोलुखम्बुको मेरा पिक, मनाङको खाग्ङला ग्लेसियर, मुस्ताङको मुक्तिनाथ आसपास र कास्कीको अन्नपूर्ण आधार शिविर क्षेत्रमा स्की तथा स्नो बोर्डिङसम्बन्धी खेल गतिविधि तथा कार्यक्रम सञ्चालन गरिसकेको छ । स्की तथा स्नो बोर्डिङलाई नेपालमा लोकप्रिय खेलका रूपमा विकास गर्दै अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालको सम्मानजनक उपस्थिति कायम गर्न तथा साहसिक खेलको विकास तथा पर्यटन प्रवद्र्धन गर्न प्रतिष्ठानले विगत पाँच वर्षदेखि स्की तथा स्नोबोर्डको विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली