२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

घुम्न आउने होइन त तालपोखरा ?

२०७८, २५ श्रावण सोमबार १०:५५

सुशीला रेग्मी । साउन २५, रामपुर । कुनै पनि कामकाजमा ल्याउन नसकिएको सानो पोखरी वर्षायाममा पानी भरिएर तालजस्तै बन्थ्यो र मोटरसाइकल, साइकल सिक्नेदेखि बालबालिको खेल मैदान बनेको थियो । 

चारैतिर फराकिलो तर प्रयोगविहीन यो पोखरी पर्यटकीय गन्तव्यस्थल बन्ला भन्ने कसैलाई लागेको थिएन । अहिले त्यो स्थलको स्वरुप नै फेरिएको छ । एक दशकपछि आज यहाँ कोही आयो भने यो त्यही स्थान हो, होइन चिन्दैन । दृश्य फरक छ, आकर्षक बनेको छ । कतिले यसो पोखरी हरेपछि भन्ने गर्छन् ‘ओहो, यो त फेवाताल जस्तै भएछ त !’


बाल्यावस्थामा ठूलो क्षेत्रफल ओगटेको फराकिलो पोखरीमा साथीहरु मिलेर खेल खेल्ने, रमाउने गरेको ठाउँलाई अहिले पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालेपछि यस क्षेत्रमा  व्यवसाय स्थापना गर्ने समेत बढेका छन् । यहाँसम्म आउने जाने पक्की सडक सुविधा पुगेको तालपोखरा पर्यटकीय पूर्वाधार निर्माण उपभोक्ता समितिका सचिव जनक भण्डारी बताउनुुहुन्छ । 

पोखराको फेवातालको अनुभूति दिने गरी पर्यटकीय पूर्वाधारका कार्य भएपछि अहिले रामपुरको पर्यटन विकासमा यसले इँटा थपिदिएको छ । एक सय पर्यटकीय गन्तव्यस्थलमा पनि सूचिकृत पर्यटकीय तालपोखरामा हालसालै विभिन्न स्तरोन्नतिका कार्य सम्पन्न भएपछि यसको सुन्दरताले पर्यटक लोभ्याउन थालेको छ । 

गत आर्थिक वर्षमा पर्यटन विभागबाट तालपोखराको स्तरोन्नतिका लागि विनियोजित रु ५० लाखमध्ये रु ४७ लाख २३ हजार प्राप्त भएको थियो । सो रकमबाट तालको पानीलाई दीगो व्यवस्थापन गर्न करिब चार महिना पानी सुकाएर तालपोखरा परिसरमा ८० मिटर लम्बाइ र ३.७० मिटर उचाइ ढुङ्गाको पर्खाल तथा ३०० मिटर लम्बाइ, तीन मिटर उचाइको रडको जालीसहित भित्ता ढलानको काम भएको छ ।  

साथै तालका बीचमा रहेको जलेश्वर महादेवको मन्दिर परिसरमा सेल्फी जोन निर्माण, तालको सतह सम्याउनेलगायतका काम सम्पन्न गरी पानी सञ्चालन गरिएको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटा बताउनुहुन्छ ।

पर्यटन विभागबाट प्राप्त रकममध्ये रु ४० लाख ४५ हजार खर्च भएको छ भने रु छ लाख ७७ हजार ७५३ रकम बचत गर्न सफल भएको अध्यक्ष देवकाटा बताउनुहुन्छ । “पक्की पर्खाल नहुँदा कहिलेकाहीँ भत्कँने समस्या थियो, भित्ता सबै पक्की बनाएपछि अब पानी अडिनेछ, कोरोनाको कहरका बाबजुद पनि काम सम्पन्न गरी तालमा पानी सञ्चालन गरियो, सहज परिस्थिति भएपछि डुङ्गा चलाउने योजनामा छौँ”, अध्यक्ष देवकोटाले भन्नुभयो । 

श्रीमद्भागवत ज्ञान महायज्ञ गरी विसं २०६६ बाट यहाँ पर्यटन प्रवद्र्धनका पूर्वाधार निर्माणका साथै अन्य कार्यक्रम शुरु गरी अहिले पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएको छ । फेवातालको झल्को दिनेगरी चारैतिर ताल र बीचमा मन्दिर निर्माण गरिएको छ । तालपोखरा अवलोकन गर्न आउने आन्तरिक पर्यटक बढ्दैछन् । 

हालसम्म विभिन्न क्षेत्रको सहयोगमा पर्यटकीय पूर्वाधार विकासमा रु तीन करोड ५० लाखभन्दा बढी रकम खर्च भइसकेको छ भने यस आर्थिक वर्षमा रामपुर नगरपालिकाले डुङ्गा लगायतका विभिन्न जलमार्ग सामग्री खरिद गर्न रु १० लाख रकम विनियोजन गरेको छ ।

पर्यटकको उपस्थिति बढ्दै गएपछि विसं २०७४ माघ २४ गतेदेखि तालपोखरामा डुङ्गा सञ्चालन शुरु गरियो । नियमित दुई वटा डुङ्गा सञ्चालन हुँदै आएकामा कोरोनाको कहर शुरु भएपछि स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै डुङ्गा सञ्चालन बन्द गरिएको छ । 

पाल्पा सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वरामपुरमा अवस्थित तालपोखरा पछिल्लो समय पर्यटकीय गन्तव्यस्थल बनेको छ । पर्यटकको आकर्षण बढ्दै गएकाले समितिले विभिन्न निकायबाट बजेट माग गरेर पूर्वाधार विकासको काम गर्दै आइरहेको छ । करिब ४५ रोपनी क्षेत्रफलमा ताल र तालको बीच भागमा जलेश्वर महादेवको मन्दिर छ । तालको वरिपरि घेराबार, प्रवेशद्वार, पर्यटकका निम्ति फोटो खिच्ने स्थान र एकातर्फ सेल्फी जोनको व्यवस्था पनि छ । 

तालपोखराका नाममा पोखरीसहित पार्कसमेत रहेको छ । पार्कमा विभिन्न कार्यक्रम, वनभोजसमेत हुने गरेको छ । ताल र पार्कसहित करिब ७५ रोपनी क्षेत्रफल तालपोखरा समितिको नाममा रहेको छ । 

सामान्य वर्षायामको पानी जम्मा हुने पोखरीलाई विकास गरी तालका रुपमा परिणत गरिएको हो । यहाँ पोखरीलाई व्यवस्थापन गरी डुङ्गा सञ्चालन गर्न थालेपछि दैनिक ३०० को हाराहारीमा आन्तरिक पर्यटक डुङ्गा सयर गर्ने गरेको समितिले जनाएको छ । 

डुङ्गा सञ्चालन भएपछि ताल अवलोकन निम्ति यहाँ देशका पूर्वदेखि पश्चिमका आन्तरिक पर्यटक भित्रिएको समितिका सचिव सुनिल देवकोटा बताउनुहुन्छ । समितिले थप पूर्वाधार विकास गरी बाह्य पर्यटकलाई समेत यहाँ अवलोकनका लागि भित्र्याउने योजना बनाएको छ ।

तालपोखरालाई पाल्पा जिल्लाको मात्र नभई नेपालकै पर्यटकीयस्थलका रुपमा अगाडि बढाउने, यसले ओगटेको सबै जमिनलाई पर्यटकीय आकर्षणस्थल बनाउने परिकल्पना गरिएको समितिका पूर्वअध्यक्ष देवराज देवकोटा बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “तालपोखरा पार्क नजिकै बालउद्यान, पश्चिमपट्टीको भागमा कफी हाउस र मिनिपार्क स्थापना गर्ने, पूर्वपट्टीको भागमा रहेको पीपल चौतारीलाई पर्यटकीय आकर्षणका रुपमा विकास गर्ने, सोही ठाउँ नजिकै बालोद्यान निर्माण गर्ने योजना छ । यो योजना अबको चार÷पाँच वर्षभित्र पूरा हुनेछ ।”

कोभिड– १९ को बढ्दो जोखिमलाई मध्यनजर गर्दै तालमा डुङ्गा बन्द गरिए पनि ताल वरपर घुम्न आउने पर्यटक अहिले पनि बाक्लै भेटिन्छन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला