१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लायन्सको अधिवेशनलाई लक्षित गरी ‘आकर्षक प्याकेज’

२० पुष २०७८, मंगलवार ०८:१२

पुस २०, काठमाडौँ | रासस | आगामी माघ २९ गते पोखरामा हुने डिष्ट्रिक ३२५ बी नेपालको १०औँ जिल्ला अधिवेशनलाई लक्षित गरी यहाँको पर्यटन व्यवसायीले आकर्षक प्याकेजको तयारी गरेका छन् ।

लायन्सको जिल्ला अधिवेशनका क्रममा गण्डकीका ११ वटै जिल्लासहित काठमाडौँ, नुवाकोट, धादिङ, गुल्मी र अर्घाखाँची जिल्लाबाट करिब छ हजार प्रतिनिधि पोखरामा सहभागी बन्दैछन् । 

अधिवेशन सम्पन्न गर्ने उद्देश्यसाथ महाधिवेशन मूल आयोजक समितिले पर्यटनसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिसँग सोमबार गरेको छलफलमा पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले लायन्स प्रतिनिधिका लागि होटेल सङ्घका तर्फबाट ३० प्रतिशतसम्म छुट दिने बताउनुभयो । पोखराका अन्य पर्यटकीय गतिविधिका लागि पनि सम्बद्ध निकायसँग छुटका लागि पहल गरिने उहाँले बताउनुभयो । “प्याकेजसँगै छ हजार जना प्रतिनिधि र उहाँहरूसँग अन्य परिवारका सदस्यसमेत आएका अवस्थामा त्यसले पोखरामा पर्यटकको सङ्ख्या बढ्ने निश्चित छ,” उहाँले भन्नुभयो, “यति ठूलो कार्यक्रम पोखरामा हुँदा त्यसले यहाँको आन्तरिक पर्यटनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएका छौँ ।”

सो अधिवेशन यहाँको आन्तरिक पर्यटन विकासका लागि महत्वपूर्ण बन्ने नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टस् गण्डकी प्रदेशका महासचिव कमला गिरीले बताउनुभयो । कोरोनाले थला परेको पर्यटनलाई यस किसिमका कार्यक्रमले केही न केही राहत पुग्ने बताउँदै उहाँले पर्यटन सम्बद्ध सङ्घसंस्थाले यसलाई अवसरका रुपमा लिँदै दिन सकिने सुविधा प्याकेजका लागि तयार हुनुपर्ने बताउनुभयो ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष उदय सुवेदीले पोखरामा हुने यस किसिमका कार्यक्रमले यहाँको पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष बाबुराम पाण्डेले अधिवेशनका क्रममा आउने प्रतिनिधिलाई सङ्घ आबद्ध पर्यटक यातायातमा २० प्रतिशतसम्म छुट दिन सकिने धारणा राख्नुभयो ।

उक्त अवसरमा जिल्ला अधिवेशन मूल समारोह समितिका संयोजक डम्बर सिं गुरुङ, सहसंयोजक मिलन थापा, मोतिराज तिमिल्सिना, पूजन शाक्यलगायत पदाधिकारी एवम् सल्लाहकार धु्रव श्रेष्ठ, विमला श्रेष्ठ लगायतले लायन्स अधिवेशनका सम्बन्धमा जानकारी गराउनुभयो । पोखरास्थित लायन्स क्लब अफ पोखरा अन्नपूर्णको अगुवाइमा यहाँका अन्य पाँचवटा लायन्स क्लब पोखरा गण्डकी, पोखरा सेती गण्डकी, हेम्जा, पोखरा युनाइटेड चौतारी र पोखरा लेखनाथले पोखराका अन्य क्लबसँगको सहकार्यमा अधिवेशन सम्पन्न गर्न लागिएको मूल आयोजक समितिका संयोजक मधुसूदन कोइरालाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल