भदौ २८, भक्तपुर । पर्यटकको सुरक्षालाई ध्यानमा राखेर भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटमा निर्माण भएको पर्यटक प्रहरी पोस्टको आज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, भक्तपुर । पर्यटकको सुरक्षालाई ध्यानमा राखेर भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटमा निर्माण भएको पर्यटक प्रहरी पोस्टको आज"/>
२०८२, २७ चैत्र शुक्रबार
काठमाडौँ - KTM

नगरकोटमा पर्यटक प्रहरी पोस्टको उद्घाटन

२०७३, २८ भाद्र मंगलवार ११:०३

भदौ २८, भक्तपुर । पर्यटकको सुरक्षालाई ध्यानमा राखेर भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटमा निर्माण भएको पर्यटक प्रहरी पोस्टको आज उद्घाटन गरियो । 

महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले पोस्टको उद्घाटन गर्नुभएको हो । 

उहाँले पर्यटकको सुरक्षाका लागि प्रहरी आवश्यक पर्ने महसुस गरी २०३५ सालदेखि सुरु भएको पर्यटक प्रहरी सेवालाई सबै पर्यटकीय क्षेत्रमा विस्तार गर्ने योजना रहेको बताउनुभयो । 

नेपाल आएका पर्यटकको दिनहुँ जसो केही न केही सामान चोरी हुने भइआएका बताउँदै उहाँले पर्यटन प्रहरीको परिचालनबाट देशको छवि सुधार्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा पर्यटन विभागका निर्देशक कोशनाथ अधिकारीले पर्यटन प्रहरीका लागि करिब रु १५ लाखको लागतमा दुई कोठे भवन र भान्छा कोठा निर्माण गरेको जानकारी दिनुभयो । 

पर्यटन प्रहरीका प्रमुख प्रहरी निरीक्षक तुलसा खतिवडाका अनुसार अहिले नेपालभर २५ ठाउँमा पर्यटकीय प्रहरी पोस्टको स्थापना गरिएको छ र २२७ जना पर्यटक प्रहरी कार्यरत रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते