१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

दशैंमा श्रीमान घर नअाउँदा सिर्जनालार्इ तनाव (भिडियाे सहित)

६ आश्विन २०७४, शुक्रबार ०८:३५

असोज ६ ओखलढुंगा । हिन्दु नेपालीहरुको महान पर्व दशैं सुरु भईसकेको छ । काम विशेषले घरबाहिर रहेकाहरु घर फर्कन थालेका छन् । युवाहरु गाउँ फर्किए पछि सुनसान बनेका गाउँहरुमा चहल पहल बढेको छ, भने दशैंका लागि मिठो,मसिनो जोरजम्मा गर्नेक्रम चलिरहेको छ । शुभकामना आदान प्रदान लगाएतका कार्यक्रमहरु चलिरहेका छन् ।

यतिबेला रेडियो र टेलिभिजनमा बजेका दशैं गितले गाउँहरु संगित मय भएका छन् । यात्राका क्रममा सवारीमा पनि यो बेला दशैं गित नै सुन्न पाईन्छ ।

यहि दशैं विशेष गित संगितको दुनीयामा अर्को एउटा दशैं गित र त्यसको भिडियो सार्वजनिक भएको छ । घर फर्कीएर परिवारसँगै दशैं मनाउन नपाएको वेदनालाई समेटिएको आउन पाइन प्यारी यो दशैंमा बोलको गित र भिडियो शुक्रबार सार्वजनिक भएको हो ।


यामराज कवर र गंगाराम ओलीको शब्द र यामराज कवरको लयमा रहेको उक्त गितमा गायीका चन्द्रकला कवर र गायक गंगाराम ओलीले स्वर दिएका छन् । शबनम फिल्म एण्ड कलाकेन्द्रले दृष्य निर्माण गरेको आउन पाइन प्यारी यो दशैंमा बोलको गितको भिडियोमा सिर्जना बर्देवा र सुवास तामाङ्गले अभिनय गरेका छन् । उक्त भिडियोको निर्देशन सरोज रोशन भट्टराईले छायांकन अजय रेग्मीले र सम्पादन अधिनायक मान शेरचनले गरेका छन् । भिडियोको बाग्लुङ्ग कालीका म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस् >> https://www.youtube.com/watch?v=-QxtMP9Qsbshttp://

यो गितको भिडियोमा अभिनय गर्ने सिर्जना बर्देवा ओखलढुंगाकि सकृय पत्रकार हुन् । उनि भिजन एफएममा आवद्ध छिन् । उनले अहिले सम्म १२ वटा गितमा स्वर दिईसकेकी छन् भने दुई वटा म्युजिक भिडियोमा अभिनय गरेकिछन् । कला र गलाकी धनि खोटाङकी बर्देबा कलाकारिता र पत्रकारिता दुवै पेशालाई सँगसँगै अघि बढाउने बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह