२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जव चार धर्मका मानिसहरु एकै ठाउँ भेला भएर भने जय मानवता…भिडियो सहित

२०७४, २६ मंसिर मंगलवार ०९:०५

पर्वत । नेपाली समाज बिबिध भाषा, धर्म, संस्कृती, भेसभुषामा बिभाजित भएको समाज हो । नेपाललाई बिश्वमा नै फरक पहिचान यहि कारण चिनिन्छ । हामी सबै नेपाली हाम्रो देश नेपाल यो आम नेपालीहरुको नारालाई अझै उचाईमा उठाउन बिभिन्न गितसंगित तथा फिल्महरु बनेका छन् । र नेपाल र नेपालीको भावना एउटै हो भन्ने कुरालाई पुष्टी गर्दछ ।
यस्तैमा पश्चिम नेपाल कला मञ्चको आयोजना तथा पश्चिम नेपालको निकै लोकप्रिय अनलाईन सुचनाकेन्द्र डटकमको संयाजनमा नेपाली सामाजीक चलचित्र जय मानवताको गित तथा टेर्लर सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ ।
पर्वत सदरमुकाम कुश्मा बजार स्थित भाई पोण्डेयको खाजा घरमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा चलचित्रको गित तथा टेर्लर पत्रकारहरुलाई देखाइएको थियो । पत्रकार सम्मलेनमा बोल्दै चलचित्रका लेखक तथा सह निर्देशक चन्द्र बिकले नेपालमा भएका हरेक धर्मका मानिसहरु मिलेर बस्नु पर्ने बताए ।

झण्डै १० बर्ष अगाडी आफु परदेशको भुमी कतारमा हुँदा देखेको बास्तबिक कुरालाई सामाजीक चलचित्रमा लेखेको र सो कथालाई अहिले पात्रहरुको माध्ययामबाट प्रस्तुत गरिएको बताए । बिकका अनुसार नेपालमा धर्मको कारण धेरै लडाई र झगडा त भएका छैनन् तर धर्मको नाममा बिभेद भने समाज प्रयाप्त छ । यस्तो अबस्था सामाजिक न्यायलाई उजागर गर्नको लागि आफुहरुको टिमले सामाजीक चलचित्र जय मानवता बनाएको बताए ।

पत्रकार भेटघाट कार्याक्रममा पर्वतमा कृयाशिल पत्रकारहरुले चलचित्रले समाजमा रहेको धर्मको कुरालाई निकै राम्रोसँग समेट्न सक्ने भएको कारण फिल्म सफलताको लागि शुभकामना दिएका थिए ।
आखिर के छ चलचित्र जयमानवताको गित र टेर्लरमा
यहाँ जसले जुन जाती, धर्मको कुरा गरेपनि
हामी होऔं सर्वज्ञानी प्राणी
धड्कन छ मुटु सवको बग्छ रगत रातो
कोहि छैन फरक यहाँ एउटै हो हिड्ने बाटो
डराउछौं छन् सबै यहाँ अलौकिक शक्ती छ भनी
पुर्काछन् ए भगवान, अल्ला, ओ गड भनि आत्माको शान्तिको बाटो हिडौं
चाहिन्न कुनै धर्म मानव भै बाचौं ।।।
यी शब्दहरु कुनै उपन्यास, बेद, गिता, कुराण, बाईवलका होईनन् यी त सामाजीक चलचित्र जय मानवताको गितका शब्दहरु हुन । जसलाई नेपाल कै चर्चित गायीका मेलिना राई र अनमोल रामदामले गाएका छन् । साथै गितको संगित चर्चित संगितकार मनोज चौलागाईले दिएका छन् ।
चलचित्र भएको यो गितका हरेक शब्दले नेपाली सामाज भित्रको धर्म र त्यो भित्रको कहानीलाई निकै सुन्दर रुपमा प्रस्तुत गरिएको छ । साथै चलचित्रको टेर्लरमा ब्यक्त गरिएको मानबिय संस्कारको बिकास बिना आधुनिक बिश्व बिकासको परिकल्पना गर्न सकिदैन भन्ने शब्दले नै चलचित्रको सामाजीक स्तरलाई निकै उचाईमा लगेको भान हुन्छ ।

नेपाली समाजको बिकासक्रमसँगै मानव समाजको बिकासक्रममा तिब्रता भएपनि सामाजीक चेतना र धार्मिक चेतनामा अझै परिपर्तनको आभाष नभएको बेला मुख्य चार धर्मलाई जोडेर फिल्म निर्माण गरिएको छ । जसमा हिन्दु, इश्लाम, ईसाई र बौद्धिस्ट धर्मलाई समाबेश गरेर निर्माण गरिएको चलचित्रले सामाजीक यर्थाथर्तालाई उजागर गरेको निर्देशक किसान बिसीले सुचनाकेन्द्र डटकमलाई जानकारी गराए ।
चलचित्रको निर्माण होम बहादुर रामदाम अनमोल, लक्ष्मी बिक र मुना रामदामले गरेका हुन भने चलचित्र सम्पादन लाल बहादुर पुनले गरेका छन् भने चलचित्रको निर्माण नियन्त्रकको काम थमनसिहं पुर्जाले गरेका छन् ।। यस्तै चलचित्रमा पर्वत र बाग्लुंग जिल्लाका रमणीय स्थानहरुको दृष्य पनि हर्न सकिन्छ भने चलिचित्रमा करिब ४५ जना कलाकारहरुको अभिनय हेर्न पाईने छ ।।

स्थानिय र चर्चाका कलाकारहरु जोडेर निर्माण गरिएको चलचित्रलाई पुष १ गते कुश्मा, बाग्लुंग र बेनी बजारमा एकैदिन प्रिमियर राखिने बताइएको छ ।

पर्वत सदरमुकाम कुश्मा बजारमा सुचानाकेन्द्र डटकमको संयोजनमा भएको पत्रकार भेटघाट कार्यक्रमको अध्यक्षता चलचित्रका लेखक तथा सहायक निर्देशक तथा पश्चिम नेपाल कला मञ्चका केन्द्रिय अध्यक्ष चन्द्र रामदाम रहेका थिए भने संञ्चालन कलामञ्चका सचिव ठाकुर रसाईलीले गरेका थिए । भने प्राबिधिक संयोजन कृष पौडेल थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला