२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जव चार धर्मका मानिसहरु एकै ठाउँ भेला भएर भने जय मानवता…भिडियो सहित

२६ मंसिर २०७४, मंगलवार ०९:०५

पर्वत । नेपाली समाज बिबिध भाषा, धर्म, संस्कृती, भेसभुषामा बिभाजित भएको समाज हो । नेपाललाई बिश्वमा नै फरक पहिचान यहि कारण चिनिन्छ । हामी सबै नेपाली हाम्रो देश नेपाल यो आम नेपालीहरुको नारालाई अझै उचाईमा उठाउन बिभिन्न गितसंगित तथा फिल्महरु बनेका छन् । र नेपाल र नेपालीको भावना एउटै हो भन्ने कुरालाई पुष्टी गर्दछ ।
यस्तैमा पश्चिम नेपाल कला मञ्चको आयोजना तथा पश्चिम नेपालको निकै लोकप्रिय अनलाईन सुचनाकेन्द्र डटकमको संयाजनमा नेपाली सामाजीक चलचित्र जय मानवताको गित तथा टेर्लर सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ ।
पर्वत सदरमुकाम कुश्मा बजार स्थित भाई पोण्डेयको खाजा घरमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा चलचित्रको गित तथा टेर्लर पत्रकारहरुलाई देखाइएको थियो । पत्रकार सम्मलेनमा बोल्दै चलचित्रका लेखक तथा सह निर्देशक चन्द्र बिकले नेपालमा भएका हरेक धर्मका मानिसहरु मिलेर बस्नु पर्ने बताए ।

झण्डै १० बर्ष अगाडी आफु परदेशको भुमी कतारमा हुँदा देखेको बास्तबिक कुरालाई सामाजीक चलचित्रमा लेखेको र सो कथालाई अहिले पात्रहरुको माध्ययामबाट प्रस्तुत गरिएको बताए । बिकका अनुसार नेपालमा धर्मको कारण धेरै लडाई र झगडा त भएका छैनन् तर धर्मको नाममा बिभेद भने समाज प्रयाप्त छ । यस्तो अबस्था सामाजिक न्यायलाई उजागर गर्नको लागि आफुहरुको टिमले सामाजीक चलचित्र जय मानवता बनाएको बताए ।

पत्रकार भेटघाट कार्याक्रममा पर्वतमा कृयाशिल पत्रकारहरुले चलचित्रले समाजमा रहेको धर्मको कुरालाई निकै राम्रोसँग समेट्न सक्ने भएको कारण फिल्म सफलताको लागि शुभकामना दिएका थिए ।
आखिर के छ चलचित्र जयमानवताको गित र टेर्लरमा
यहाँ जसले जुन जाती, धर्मको कुरा गरेपनि
हामी होऔं सर्वज्ञानी प्राणी
धड्कन छ मुटु सवको बग्छ रगत रातो
कोहि छैन फरक यहाँ एउटै हो हिड्ने बाटो
डराउछौं छन् सबै यहाँ अलौकिक शक्ती छ भनी
पुर्काछन् ए भगवान, अल्ला, ओ गड भनि आत्माको शान्तिको बाटो हिडौं
चाहिन्न कुनै धर्म मानव भै बाचौं ।।।
यी शब्दहरु कुनै उपन्यास, बेद, गिता, कुराण, बाईवलका होईनन् यी त सामाजीक चलचित्र जय मानवताको गितका शब्दहरु हुन । जसलाई नेपाल कै चर्चित गायीका मेलिना राई र अनमोल रामदामले गाएका छन् । साथै गितको संगित चर्चित संगितकार मनोज चौलागाईले दिएका छन् ।
चलचित्र भएको यो गितका हरेक शब्दले नेपाली सामाज भित्रको धर्म र त्यो भित्रको कहानीलाई निकै सुन्दर रुपमा प्रस्तुत गरिएको छ । साथै चलचित्रको टेर्लरमा ब्यक्त गरिएको मानबिय संस्कारको बिकास बिना आधुनिक बिश्व बिकासको परिकल्पना गर्न सकिदैन भन्ने शब्दले नै चलचित्रको सामाजीक स्तरलाई निकै उचाईमा लगेको भान हुन्छ ।

नेपाली समाजको बिकासक्रमसँगै मानव समाजको बिकासक्रममा तिब्रता भएपनि सामाजीक चेतना र धार्मिक चेतनामा अझै परिपर्तनको आभाष नभएको बेला मुख्य चार धर्मलाई जोडेर फिल्म निर्माण गरिएको छ । जसमा हिन्दु, इश्लाम, ईसाई र बौद्धिस्ट धर्मलाई समाबेश गरेर निर्माण गरिएको चलचित्रले सामाजीक यर्थाथर्तालाई उजागर गरेको निर्देशक किसान बिसीले सुचनाकेन्द्र डटकमलाई जानकारी गराए ।
चलचित्रको निर्माण होम बहादुर रामदाम अनमोल, लक्ष्मी बिक र मुना रामदामले गरेका हुन भने चलचित्र सम्पादन लाल बहादुर पुनले गरेका छन् भने चलचित्रको निर्माण नियन्त्रकको काम थमनसिहं पुर्जाले गरेका छन् ।। यस्तै चलचित्रमा पर्वत र बाग्लुंग जिल्लाका रमणीय स्थानहरुको दृष्य पनि हर्न सकिन्छ भने चलिचित्रमा करिब ४५ जना कलाकारहरुको अभिनय हेर्न पाईने छ ।।

स्थानिय र चर्चाका कलाकारहरु जोडेर निर्माण गरिएको चलचित्रलाई पुष १ गते कुश्मा, बाग्लुंग र बेनी बजारमा एकैदिन प्रिमियर राखिने बताइएको छ ।

पर्वत सदरमुकाम कुश्मा बजारमा सुचानाकेन्द्र डटकमको संयोजनमा भएको पत्रकार भेटघाट कार्यक्रमको अध्यक्षता चलचित्रका लेखक तथा सहायक निर्देशक तथा पश्चिम नेपाल कला मञ्चका केन्द्रिय अध्यक्ष चन्द्र रामदाम रहेका थिए भने संञ्चालन कलामञ्चका सचिव ठाकुर रसाईलीले गरेका थिए । भने प्राबिधिक संयोजन कृष पौडेल थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत