१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘साझा सवाल’ बिद्या चापागाईले छाडेपछि… नयाँ प्रस्तोताको रुपमा स्वेता आइन् (हेर्नुहोस् भिडियो)

७ माघ २०७४, आईतवार १७:२२

माघ ७, काठमाडौँ | लोकप्रिय टेलिभिजन कार्यक्रम 'साझा सवाल' को ५२८ औं अंकमा आइतबार नयाँ प्रस्तोताको रुपमा पत्रकार स्वेता सिन्हा देखा परेकी छन् | बिगत लामो समयदेखि राष्ट्रिय टेलिभिजनमा समाचार प्रस्तोताको रुपमा काम गर्दै आएकी स्वेताले साझा सवालमा सप्तरीका शीतलहर प्रभावितको सकस बिषयमा प्रभावितहरुसँगको बहसलाई स्थान दिएकी छन् | 


स्वेतासँग यस अघि एभिन्युज टेलिभिजन तथा कान्तिपुर टेलिभिजनमा समाचार प्रस्तोताको रुपमा काम गरिसकेको अनुभव छ |  


यस अघि साझा सवालको ५२७ औं अंक प्रतिभा तुलाधरले संचालन गरेकी थिईन् | लगत्तै ५२८ औं अंकमा भने स्वेता सिन्हाले कार्यक्रम संचालन गरेकी छन् | बिद्या चापागाईले साझा सवाल छाडेपछी लगातार प्रस्तोता फेरिएपछी केहि दर्शकहरुले 'साझा सवालमा प्रस्तोताको छनोट जारी छ कि के हो ?' भन्दै टिप्पणी गरेका छन् | तर साझा सवालको फेसबुक पेज अनुसार जनवरी महिनाभरी फरक-फरक महिला प्रस्तोताहरुले कार्यक्रम संचालन गर्नेछन | फेसबुकमा भनिएको छ – 'एक दशकदेखि दर्शक/स्रोताले साझा सवाललाई देखाउनुभएको माया र विश्वासका लागि धेरै धेरै धन्यवाद । यहाँहरु समक्ष जनवरी महिनाभर साझा सवाल लिएर फरक-फरक महिला प्रस्तोता आउनुहुनेछ ।'

साझा सवाल भाग ५२८ मा उनै नयाँ प्रस्तोता स्वेता सिन्हाको संचालनमा साझा सवाल तल भिडियोमा हेर्न सक्नुहुनेछ । वर्षायाममा बाढी, सर्पदंश, लामखुट्टेको चपेटामा पर्ने तराई-मधेशवासीलाई हिउँदमा शीतलहर र सुख्खायाममा आगलागीले सताउने गरेको छ। यस्ता प्रकोपमा विपन्नहरु बढि प्रभावित हुन्छन्। सप्तरीका बाढी र शीतलहर प्रभावितहरूसँग गरिएको बहस ।  

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार