2026-08-31 03:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन: निकुञ्ज प्रवेश गर्ने पर्यटकको संख्यामा न्यून वृद्धि

माघ १४, चितवन | चितवन राष्ट्रिय निकुञ्ज भित्रने पर्यटकको संख्यामा आशातित् वृद्धि नभएको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको छ महिनामा गत आवको छ महिनामा भन्दा न्यून संख्याले मात्रै पर्यटक वृद्धि भएको पाइएको हो । 

निकुञ्जले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आवको छ महिनामा विदेशी ४६ हजार ७८९, सार्क मुलुकका सात हजार ४४ र नेपाली १३ हजार २९० गरी ६७ हजार १२३ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । गत आवको सोही अवधिमा ६३ हजार ८०५ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । गत आवको छ महिनामा भन्दा चालू आवको सोही अवधिमा तीन हजार ३१८ पर्यटक वृद्धि भएको हो 

चालु आवमा विदेशी ८७ हजार १९०, सार्कका १५ हजार ८७९ र नेपाली ३६ हजार ५६ गरी एक लाख ३९ हजार १२५ पर्यटक निकुञ्ज घुमेको तथ्यांकले देखाएको छ । 

आव २०७२÷७३ मा भने ५१ हजार ५९३ विदेशी, छ हजार ६०६ सार्क र ३० हजार ५९२ नेपाली गरी ८७ हजार ३९१ पर्यटकले निकुञ्ज घुमेको कार्यालयले जनाएको छ । 

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बाढीका कारण आशातीत पर्यटक निकुञ्ज नभित्रिएको बताउनुभयो । उहाँले गतवर्षको भदौमा मात्रै निकुञ्जमा छ हजार २३ पर्यटक भित्रिए पनि यसवर्षको भदौमा तीन हजार ८५९ पर्यटकमात्रै भित्रिएको बताउनुभयो । यस वर्षको साउन अन्तिम साता राप्ती र बूढी राप्तीमा बाढी आउँदा पर्यटकीय क्षेत्र सौराहाका अधिकांश होटल डुबानमा परेका थिए भने राप्ती किनारका रेष्टुरेन्ट बगाएका थिए । 

निकुञ्जमा चालू आवमा एक लाख ५० हजार पर्यटक भित्रिने अपेक्षा गरिएको अर्यालले बताउनुभयो । सशस्त्र द्वन्द्वका बेलामा निकै घटेको पर्यटकको संख्या क्रमशः उकालो लाग्दै जाँदा २०७२ सालमा आएको भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण निकै प्रभावित भएको क्षेत्रीय होटल संघ जिल्ला अध्यक्ष सुमन घिमिरेले बताउनुभयो । पछिल्लो समय नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारका कारण यातायात असहज हुँदा पनि पर्यटन क्षेत्र प्रभावित भएको उहाँले जानकारी दिनुभयो । 

बाढीको समयमा तत्काल आउने पर्यटक घटे पनि त्यसपछि आउने पर्यटकलाई भने कुनै प्रभाव नपरेको अध्यक्ष घिमिरेले बताउनुभयो । 

चितवनको पर्यटकीय क्षेत्र घुम्न आएर पनि निकुञ्ज प्रवेश नगर्ने पर्यटकको संख्या पनि उल्लेख्य हुने गर्छ । घिमिरेका अनुसार करिब ३० प्रतिशत पर्यटक सौराहा क्षेत्रमा आएर पनि निकुञ्जभित्र प्रवेश गरेका हुँदैनन् । दैनिक भ्रमण आउने विद्यार्थी, गोष्ठी, सेमिनारलगायत कार्यक्रममा आउने आन्तरिक पर्यटक निकुञ्ज प्रवेश नगर्ने गरेको पाइन्छ । जिल्ला हुँदै आवतजावत गर्ने व्यक्ति पनि एकरातका लागि सौराहा बस्ने गरे पनि उनीहरुले निकुञ्ज प्रवेशको कुनै पनि टिकट नकाट्ने हुँदा निकुञ्जको तथ्यांकमा समावेश हुँदैन । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै