२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिरो बन्न काठमाडौँ आएका दिपेन्द्र निर्देशक बने, हेर्नुस् उनकै निर्देशनमा ‘पानी तालैले’- भिडियो

२०७५, १४ आश्विन आईतवार १६:२६

असोज १४, काठमाडौँ | पछिल्लो समयमा ब्यापक चर्चामा आएका निर्देशक हुन् दिपेन्द्र तिमल्सिना । धादिङ जिल्ला ज्वालामुखी ५ खरीका तिमल्सिना चलचित्रमा हिरो बन्ने सपना बोकेर २०५७ मा काठमाडौं आएका थिए । फिल्मी क्षेत्रमा जम्न सुरु-सुरुमा निकै दु:ख गरेका तिमल्सिनालाई अहिले भने भ्याइनभ्याइ छ ।

बरु थोरै गर्ने तर बजारमा राम्रा भिडियो मात्र दिने सोच बनाएका दिपेन्द्र पछिल्लो समय निर्देशकको रुपमा परिचित भइसकेका छन् । अहिले सम्म थुप्रै भोजपुरी तथा नेपाली चलचित्रका गीतहरुमा कोरियोग्राफी गर्दै आएका तिमल्सिनाले आधुनिक, लोक, पप गरेर करिब ५ सय भन्दा बढी म्युजिक भिडियोमा निर्देशन गरिसकेका छन् । दिपेन्द्रले फिदा, मापासे, भमरा,ड्रिम गर्ल, चरर-बरर-धरर, तिमी खुसि, नौलो-नौलो, आधा जीवन, आमा-४, पल्टन लगायत थुप्रै हिट गितहरुको भिडियोमा निर्देशन गरिसकेका छन् । 


पछिल्लो समय उनै निर्देशक दिपेन्द्रको निर्देशनमा लोक दोहोरि गित ‘म दुखिको आशुले…’ बजारमा आएको थियो । यसको चर्चासंगै तिमल्सिनाले  निर्देशन गरेको ‘पानी तालैले…’ नामक फरक शैलीको लोक दोहोरी गीत बजारमा आएको छ ।

पछिल्लो गीतको भिडियो मकवानपुरको कुलेखानी र काठमाडौँ आसपासका ठाउँहरुमा यसको छायांकन गरिएको छ । गीतमा गायक तिर्थ खत्री र गायिका सुमित्रा भट्टराईको आवाज रहेको छ ।


भिडियोको निर्देशन तिमल्सिना आफैले गरेका छन् भने भिडियोमा चर्चित नायिका निता ढुंगाना र 'बोल माया' नामक गीत बाट चर्चामा आएका गायक तथा मोडल प्रकाश सपुतको दमदार अभिनय देख्न सकिन्छ ।

करण चैसिरको छायांकन र मनोज कार्कीको सम्पादन रहेको यस भिडियोलाई मण्डली फिल्म्सले निर्माण गरेको हो ।

हेर्नुहोस उक्त भिडियो


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ