२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

लिम्बू चलचित्र ‘के:’को ट्रेलर सार्वजनिक(ट्रेलर सहित)

२०७५, २९ आश्विन सोमबार ११:०४

 कमल घिमिरे।असोज २९।  पाँचथर । लिम्बू कथानक चलचित्र ‘केः’ को ट्रेलर सार्वजनिक भएको छ । परिवर्तन मिडियाको यूट्युब च्यानल मार्फत् उक्त चलचित्रको झण्डै पाँच मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो ।
 माता पाथीभरा फिल्मस् प्रा.लि.का लागि टाइसन केरुङले निर्माण गरेको ‘केः’ मा लिम्बू जातिको ऐतिहासिक–साँस्कृतिक बाजा ‘केः’ अर्थात् च्याब्रुङको बिषय उठाइएको छ । च्याब्रुङ बनाउन अनिवार्य चाहिने गाई वा गोरुको छाला र गाई–गोरु मार्न नपाइने कानूनी प्रावधानको वरिपरि चलचित्रको कथा घुमेको लेखक–निर्देशक सागर केरुङले बताए ।
    चलचित्रमा सन्देश सुब्बा र डीआर हाङसरुम्बाको सह–निर्देशन, सञ्जय आचार्यको छायाङ्कन, मेघराज मगरातीको ड्रोन अपरेटिङ र प्रेम पन्दाकको संगीत रहेको छ ।
पाँचथरका विभिन्न स्थानमा छायाङ्कन गरिएको चलचित्रमा मधु केरुङ, बबिता फोम्बो, रुपा आङबुहाङ, सुक्मिता केरुङ, मनकुमार केरुङ, प्रेम ओझा, कमल घिमिरे, आरके थेबे, संघर्ष खतिवडा, अप्सरा न्यौपाने लगायतको अभिनय छ ।
  चलचित्र २० लाख लगानिमा निर्माण सम्पन्न भएको निर्माण पक्षले जनाएको छ । चलचित्रको सबै काम पूरा भएकाले चाँडै प्रदर्शनको मिति तोकिने प्रस्तुतकर्ता बुद्धराज लिम्बूले बताए ।









प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने