२७ कार्तिक २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दुई सय ५० बर्ष पछिको सताब्दीको कथा समेटेर पर्वतका युवाले निर्माण गरे ‘अहुरी’ (भिडियोसहित)

१३ पुष २०७५, शुक्रबार ०२:५०

पर्वत । दुरीको यात्रा गर्ने यात्री सबै छन् । तर, समयको यात्रा गर्ने यात्री विश्वमा अहिलेसम्म भेटिएको छैन । केहि अंग्रेजी चलचित्रमा समयको यात्रा गरेका रोचक प्रसङ्गहरु आउने गरेका छन् । नेपाली चलचित्रमा भने यसको प्रयोग भएको पाईंदैन । समयको यात्रा गर्ने यात्रीहरुको कथा समेटेर चलचित्र अहुरी निमार्ण हुने भएको छ ।


धौलागिरीमा रहेका कलाकाहरुले अहुरी चलचित्र निर्माण गर्न लागेका हुन् । चलचित्रको छायाङ्कन शुरु भएको छ । अहुरी चलचित्र वैज्ञानिकधारको हुने यसका कथा निर्देशक तथा परिकल्पनाकार विशाल लोहनीले बताए ।




प्रतिफल फिल्मस् प्रा.लि को ब्यानरमा निर्माण हुने लागेको अहुरी चलचित्रले अबको २ सय ५० बर्ष पछिको सताब्दीको बारेमा परिकल्पना गरेको नयाँ संसार देखाउने निर्माताले दाबी गरेका छन् । प्रतिफल फिल्मस्को ब्यानरमा निमार्ण हुन लागेको ‘अहुरी’ तेस्रो चलचित्र हो । यस भन्दा अगाडी भ्रम र सेभेन व्याइज निर्माण भइसकेको छ ।


सााईन्स्को फिक्सनको आधारमा रहेर चलचित्रको निमार्ण गर्छौ, यसले यहाँ रहेर सञ्चार क्षेत्रमा लागेकाहरुको यर्थाथ कहानीलाई प्रस्तुत गर्छ ।’ निर्देशक लोहनीले भने ।


‘अहुरी’मा दोस्रो मिस एण्ड मिसेस धौलागिरीकी शिल्पा कार्की, अनुप राई लगायत २५ जना कलाकारहरुले अभिनय गर्ने छन् ।

चलचित्रका निर्देशक रामचन्द्र पौडेल ‘आर.सी’ले यसले धौलागिरी भित्र रहेका हरेका धार्मिक तथा पर्यटकीय सम्पदाको प्रर्वद्धनमा चलचित्र अहुरी कोसेढुङ्गा सावित हुने बताए ।


‘अहुरी’ अवधि करिब १ महिना १५ दिन को छायाङ्कन सकिने निर्माण कम्पनीले जनाएको छ । यसको लागत ३० लाख हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन तयारी : थपिँदै नयाँ मतदाता र राजनीतिक दल पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत जेनजी सुशासन योद्धाका आमा भन्नुहुन्छ : ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते लागुपदार्थ सेवन गरी सवारी चलाउने छ जना नियन्त्रणमा देशभरको मौसम सफा रहने पूर्वानुमान सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सन् २०२६ को खेल आफ्नो अन्तिम विश्वकप खेल हुने रोनाल्डोको भनाइ निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्पूर्ण रहन्छः कानुनमन्त्री सिन्हा नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक दिल्लीको घातक विस्फोटलाई ‘षड्यन्त्र’ भन्दै प्रधानमन्त्री मोदीद्वारा दोषीलाई कठोर कारबाहीको चेतावनी मन्त्रिपरिषद् बैठकको निर्णय महानगर धुलोमुक्त बनाउँदै कामपा ‘बाबा सम्झेर टोलाइरहन्छन् छोराछोरी…’ पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु तालिका थप भएपछि भोजपुर–काठमाडौँ अब चार उडान दर्शकले रुचाउन थाले नेपाली चलचित्र