एजेन्सी | भारतीय सेनाको चीता हेलिकप्टर अरुणाचल प्रदेशको मंडला पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ ।
पाइलटहरूको खोजीका लागि सर्च अपरेशन शुरू गरिसकिएको छ ।
हेलिकप्टर सेन्गेबाट मिसामारीतर्फ गइरहेको थियो । त्यसमा पाइलट र कोपाइलट मात्र थिए ।
गुवाहाटीका जनसम्पर्क अधिकारी लेफ्टिनेन्ट कर्नल महेन्द्र रावतले बिहीवार बिहान लगभग ९ः१५ तिर हेलिकप्टरको सम्पर्क एयर ट्राफिक कन्ट्रोलसँग टुटेको बताए ।