२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प भन्छन् : मंगलबार पक्राउ पर्नसक्छु, आन्दोलन गर्नुहोला

२०७९, ५ चैत्र आईतवार ०८:४५

चैत ५, काठमाडौँ | अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू मंगलबार पक्राउ पर्न सक्ने भन्दै समर्थकहरूलाई गिरफ्तारीविरुद्ध आन्दोलन गर्न अपिल गरेका छन्।

उनले फेसबुक र ट्विटरले प्रतिवन्ध लगाएपछि आफैले सञ्चालनमा ल्याएको सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मा आफ्नो सम्भावित गिरफ्तारीबारे जानकारी दिएका हुन्।

उनले लेखेका छन्, 'रिपब्लिकन पार्टीका नेता तथा सयुक्त राज्य अमेरिकाका पूर्वप्रधानमन्त्री आगामी मंगलबार पक्राउ पर्न सक्छन्। गिरफ्तारीविरुद्ध प्रदर्शन गरी हाम्रो देशलाई फिर्ता ल्याउनुहोला।'

यद्यपि उनले पक्राउ पर्ने कारण भने खुलाएका छैनन्। तर उनको अभिव्यक्तिपछि धेरैले उनको गिरफ्तारीको कारण पोर्नस्टार स्टेफिनी क्लिफोर्डसँगको अफेयर हुनसक्ने आकलन गरेका छन्।

सन् २०१६ मा अमेरिकी राष्ट्रपतिको चुनावको दौरान स्टेफिनी र ट्रम्पको अफेयरको चर्चा भएको थियो। ट्रम्पसँग अंगालो मारेको तस्वीर सार्वजनिक भएपछि उनलाई उनलाई मिडियाले त्यसबारे सोध्दा उनले बोल्न मानेकी थिइनन्।

तर सन् २०१९ मा उनले एक अन्तरवार्तामा सन् २००६ मा ट्रम्पसँग आफ्नो सम्बन्ध रहेको बताएकी थिइन्। उनले त्यसबारेमा नबोल्नका लागि ट्रम्पले आफूलाई १ लाख ३० हजार डलर दिएको बताएकी थिइन्।

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले आफू पक्राउ पर्नसक्ने बताएपनि अदालतले उक्त विषयमा बोल्न अस्वीकार गरेको छ। जिल्ला सरकारी वकिलको कार्यालयले ट्रम्पको गिरफ्तारीबारे बोल्न अस्वीकार गरेको अलजजीराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते