२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चकलेट कारखानामा विष्फोट हुँदा दुईको मृत्यु, ९ जना बेपत्ता

२०७९, ११ चैत्र शनिबार १०:३३

चैत ११, वासिङ्टन | पेन्सिल्भेनिया राज्यको चकलेट काराखानामा विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन् । 

राज्यको वेस्ट रिडिङ बरोमा रहेको आरएम पाल्मर कम्पनीको प्लान्टमा शुक्रबार साँझ भएको विष्फोटमा ज्यान गुमाएका बाहेक अन्य छ जना घाइतेलाई अस्पताल पु-याइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

विष्फोट ज्यादै शक्तिशाली रहेको जानकारी दिँदै वेस्ट रिडिङका नगरप्रमुख सामन्था कागले भवन चार फिट अगाडि सरेको बताएका छन् । टेलिभिजनमा देखाइएका तस्बिरमा भवनको भग्नावशेषमा आगो दन्दनी बलेको देखिन्छ भने वारुणयन्त्रका कर्मचारी त्यसलाई निभाउने प्रयास गरिरहेका  देखिन्छन् । विष्फोटको कारण खुलेको छैन । सम्बद्ध अधिकारीले अनुसन्धान थालेका छन् । 

यसैबीच, टेक्सासको एन्टोनियो शहरमा चल्ने मालबाहक एउटा रेलमा १५ जना आप्रवासीको समूह निसासिएका खबर अज्ञात व्यक्तिबाट पाएपछि सिमा प्रहरीले रेललाई रोकेर अनुसन्धान गर्दा दुई जनालाई मृत फेला पारिएको तथा बाँकी १३ जनालाई तत्काल उपचारका लागि अस्पताल पु-याइएको उवाल्दे प्रहरीले महाशाखाले जनाएको छ । 

दश महिनाअघि टेक्सासमा एक जना १८ वर्षीय पूर्वविद्यार्थीले स्थानीय विद्यालयमा गोली चलाउँदा १९ जना विद्यार्थी र दुई जना शिक्षक मारिएका थिए । आक्रमणकारीलाई उवाल्दे प्रहरीले गोली हानेर मारेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते