२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

नवजोत सिंह सिद्धु आज रिहा हुदै

२०७९, १८ चैत्र शनिबार ०९:०६

चैत १८, एजेन्सी | कांग्रेस नेता तथा पूर्वक्रिकेटर नवजोतसिंह सिद्धू (आज) शनिबार रिहा हुने भएका छन् । ३४ वर्ष पुरानो रोडरेज प्रकरणमा गत वर्षदेखि जेलमा रहेका सिद्धू शनिबार छुट्ने सम्भावना रहेको छ | यो जानकारी सिद्धुको ट्विटर ह्यान्डलबाट दिइएको हो।

रोड रेज मामिलामा गत वर्ष सर्वोच्च अदालतले सिद्धुलाई एक वर्षको जेल सजाय र एक हजार जरिवानासुनाएको थियो । यसपछि सिद्धुले आत्मसमर्पण गरेका थिए । उनी विगत दश महिनादेखि जेलमा छन् । सिद्धुको रिहाइको सन्दर्भमा उनका वकिल एपीएस वर्माले पञ्जाब जेलको नियम अनुसार राम्रो व्यवहार गर्ने कैदीलाई सजायबाट छुट दिन सकिने बताए।

सिद्धुमाथि पटियालामा पार्किङको विषयमा विवाद भएपछि ६५ वर्षीय गुरनाम सिंहमाथि आक्रमण गरेको आरोप छ। आक्रमणमा परी घाइते भएका गुरनाम सिंहको मृत्यु भएको थियो । नवजोत सिद्धुलाई तल्लो अदालतले सफाइ दिएपछि पीडित परिवारले उक्त निर्णयलाई उच्च अदालतमा पेस गरेका दिएका थिए । उच्च अदालतले तीन वर्षको जेल सजाय सुनाएको थियो ।सिद्धुले उच्च अदालतको निर्णयलाई  सर्वोच्च अदालतमा पेस गरेका थिए । सर्वोच्च अदालतले १९ मे २०२२ मा सिद्धुलाई एक वर्षको जेल सजाय र १ हजार जरिवाना सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी