२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सिद्धु १० महिनापछि कैदमुक्त, किन गएका थिए जेल?

२०७९, १९ चैत्र आईतवार ०५:००

चैत १९, काठमाडौँ | कांग्रेस नेता तथा पूर्व क्रिकेटर नवजोत सिंह सिद्धु तीन दशक पुरानो रोड रेज मुद्दामा १० महिनाको सजायपछि शनिबार पटियाला जेलबाट रिहा भएका छन्।

जेलबाट बाहिर आएपछि सिद्धुले पत्रकारहरूसँग भने, 'सरकारसँग सत्य सुन्न सक्ने शक्ति छैन। उनीहरूले सत्यको आवाज सुन्न नै चाहँदैनन् । सायद यही कारणले गर्दा उनीहरूले मलाई  बिहान साढे १२ बजे छाड्ने भनेर अहिले छाडे ताकी सबै मिडियाकर्मी गइसकेका हुनेछन्। यो देशमा जहिले तानाशाही आयो, एक क्रान्ति पनि आयो र आजको क्रान्तिको नाम राहुल गान्धी हो।'

गत वर्ष सर्वोच्च अदालतले नवजोत सिंह सिद्धुलाई एक वर्षको जेल सजाय सुनाएको थियो ।

पीडित परिवारले सिद्धुलाई सफाइ दिने सर्वोच्च अदालतको २०१८ को निर्णयविरुद्ध अपील दायर गरेको थियो।

 २०१८ को आफ्नो निर्णयमा, सर्वोच्च अदालतले नवजोत सिंह सिद्धुलाई गैरु इरादापूर्ण हत्याको आरोपबाट मुक्त गर्दै तीन वर्षको सजायलाई एक हजार रुपैयाँ जरिवानामा परिणत गरेको थियो।

सिद्धुमाथि पटियालामा पार्किङको विषयमा विवाद भएपछि २६ डिसेम्बर १९८८ मा ६५ वर्षीय गुरनाम सिंहमाथि आक्रमण गरेको आरोप लागेको थियो। आक्रमणमा परी घाइते भएका गुरनाम सिंहको मृत्यु भएको थियो । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी