४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

कपाल देखाएको अभियोगमा दुई महिला पक्राउ

१९ चैत्र २०७९, आईतवार ०७:४४

चैत १९, तेहरान | पोशाकसम्बन्धी सरकारले जारी गरेका आदेशको उल्लङ्घन गरी सार्वजनिक रुपमा कपाल देखाएको अभियोगमा दुई जना महिलालाई पक्राउ गरिएको छ । 

यहाँको एक पसलमा दही किन्न गएका उनीहरूलाई एक जना पुरूष ग्राहकले हिजाब नलगाएइको भन्दै दहीले बारम्बार आक्रमण गरेका थिए । सार्वजनिक व्यवस्था बिगारेको आरोपमा ती आक्रमणकारीलाई पनि पक्राउ गरिएको न्यायपालिकाको मिजान समाचार समितिले जनाएको छ । 

 इरानको न्यायपालिकाले ती महिलालाई कपाल देखाएको आरोपमा हिरासतमा लिइएको बताएको छ ।  इरानमा महिलाले टाउको नढाक्नु गैरकानूनी मानिन्छ । यसअघि हिजाब अनिवार्य लगाउनुपर्ने कानुनी व्यवस्था अन्त्य हुनुपर्ने माग गर्दै देशमा महिनौँदेखि विरोधप्रदर्शन भइरेहका छन् । 

सार्वजनिक रूपमा हिजाब नलगाउनु इरानमा महिलाहरूका लागि गैरकानूनी भए पनि ठूला शहरहरूमा धेरैले हिजाब लगाउँदैनन् । कानुनप्रतिको क्रोध र निराशाले इरानी समाजमा असन्तुष्टि बढाएको छ ।

तेहरानको धार्मिक प्रहरीले नियमअनुसार हिजाब नलगाएको आरोपमा गत सेप्टेम्बरमा हिरासतमा लिइएकी २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि देशभर विरोध व्याप्त छ । हजारौँलाई पक्राउ गरिएको छ भने चार  जना प्रदर्शनकारीलाई मृत्युदण्ड दिइएको छ । 

इरानी राष्ट्रपति इब्राहिम रायसीले इरानी महिलाहरूले हिजाबलाई धार्मिक आवश्यकताको रूपमा लिनुपर्ने भन्दै त्यसको पालना गर्न निर्देशन दिनुभएको छ । “हिजाब कानुनी कुरा भएकाले त्यसको पालना गर्नु अनिवार्य छ,” उहाँले  भन्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता