चैत २२, काठमाडौं | भारतमा एकैदिनमा ४ हजार बढी कोरोना संक्रमित भएका छन् । भारतिय संचार माध्यमहरुका अनुसार ६ महिनापछि ४ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
मंगलबार भारतमा ४ हजार ४ सय ३५ संक्रमित भेटिएका छन् भने १५ जनाको मृत्यु भएको जनाइएको छ । यस अघि २८ सेप्टेम्बरमा ४ हजार बढि कोरोना संक्रमण रिपोर्ट गरिएको थियो ।
हाल भारतमा २३ हजार ९१ सक्रिय केसहरू छन्। जुन अक्टोबर १८ यताकै उच्च रहेको बताईएको छ ।