‘युक्रेनमा शान्ति स्थापना गर्न चीनको भूमिका महत्वपूर्ण छ’

Posted on: 05 Apr, 2023

चैत २२, बेइजिङ | फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले शान्ति स्थापना गर्न चीनले प्रमुख भूमिका निर्वाह गर्नसक्ने बताउनुभएको छ । चीनको तीनदिने राजकीय भ्रमणमा रहनुभएका उहाँले यहाँ आएपछि दिनुभएको पहिलो सार्वजनिक अभिव्यक्तिमा उक्त कुरा बताउनुभएको हो । 

चिनियाँ राजधानीमा फ्रान्सेली नागरिकहरूसँगको कुराकानीमा राष्ट्रपति म्याक्रोँले शान्ति र स्थायित्वको साझा जिम्मेवारीका निम्ति फ्रान्स सदैव तत्पर रहेको बताउनुभयो ।

युरोपेली मुलुकले बेइजिङसँगको व्यापारिक सम्बन्धलाई सुदृढ गर्नुपर्नेमा जोड दिँदै फ्रान्सेली राष्ट्रपतिले उनीहरू आर्थिक रूपमा चीनबाट अलग नहुने विचार व्यक्त गर्नुभयो । उहाँले फ्रान्सको प्रमुख व्यापारिक साझेदार चीनसँगको व्यावसायिक सम्बन्धलाई निरन्तरता दिन आफू प्रतिबद्ध रहेको बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!