४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

उडिरहेको जहाजको ककपिटमा सर्प देखिएपछि…

२३ चैत्र २०७९, बिहीबार ०५:२१

एजेन्सी | दक्षिण अफ्रिकाका एक पाइलटले ११ हजार फिट उचाइमा उडिरहेको एउटा जहाजको ककपिटमा विषालु कोब्रा देखेपछि आकस्मिक अवतरण गरेका छन् ।

ब्लोमफन्टेनबाट प्रिटोरियाको लागि जहाज उडाइरहेका दक्षिण अफ्रिकाका पाइलट रूडोल्फ इरास्मसले ककपिटमै कोब्रा सर्प देखेपछि आकस्मिक अवतरण गरेका हुन्। पाइलटको सिटमुनि गोमन सर्प घुमिरहेको थियो। पाइलट रूडोल्फले आफ्नो पिठ्यूँमा चिसो-चिसो मशसुश गरेका थिए। सुरूमा उनले यो पानीको बोतल होला भनेर वास्ता गरेनन्।


‘मलाई सुरूमा चिसो र घस्रिरहेको जस्तो लागेको थियो। पानीको बोतल राम्रोसँग बन्द गरेको रहनछु र पानी पोखियो भन्ने लागेको थियो,’ उनले भने, ‘जब मैले बायाँतिर फर्केर तल हेरेँ, त्यहाँ एउटा कोब्रा थियो। उसले सिट भित्र आफ्नो टाउको राख्न खोजिरहेको थियो।’  ‘इमानदारीपूर्वक भन्नुपर्दा के भइरहेको थियो मेरो दिमागले बुझ्न सकेको थिएन,’ रुडोल्फले बीबीसीसँग भने, ‘यो एकदमै डरलाग्दो क्षण थियो।’

सर्प देखेपछि उनले जहाजलाई आकस्मिक अवतरण गराएका थिए। यदि सर्पले टोकेको भए ३० मिनेटमै मृत्यु हुने भए पनि पाइलट रूडोल्फ इरास्मसले विमानमा आतंक मच्चाउन नचाहेको बताए। यसबीचमा उनी निकै डराएका थिए।

‘सर्प पछाडि सरेर बाँकी यात्रुमा त्रास फैलिन सक्छ’ भन्ने उनलाई डर थियो। उनले यात्रुहरूलाई यसको बारेमा जानकारी दिए।

‘सुन्नुहोस्, जहाजभित्र एउटा सर्प छ, त्यो मेरो सिटमुनि छ। त्यसैले जतिसक्दो छिटो जहाज अवतरण गर्ने प्रयास गरौं,’ उनले यात्रुहरूलाई भने।

यात्रुको प्रतिक्रिया कस्तो रह्यो भन्ने प्रश्नमा रुडोल्फले जहाजमामा पूर्ण सन्नाटा छाएको बताए। पाइलटलाई धेरै किसिमका परिस्थितिका लागि तालिम दिइएको भए पनि ककपिटमा रहेका सर्पसँग कस्तो व्यवहार गर्ने भन्ने कुराको तालिम नदिइएको बताए।

उनले वेलकम सिटीको विमानस्थलमा जहाजलाई आकस्मिक अवतरण गराएका थिए। त्यहाँ काम गर्ने दुई जनाले जहाजमा अगाडि नै सर्प देखेको बताएका थिए। नियन्त्रणमा लिन खोज्दा नसकिएको उनीहरूको भनाइ थियो।

पाइलट रूडोल्फले जहाजमा चढ्नुअघि सर्प खोज्ने प्रयास गरेको बताए। ‘दुर्भाग्यवश त्यतिबेला सर्प फेला परेन। त्यसपछि हामी सबैले सर्प भागेको भन्ने अनुमान गर्‍यौं,’ उनले भने।

दक्षिण अफ्रिकाको नागरिक उड्डयन विभागका आयुक्त पोप्पी खोसाले पाइलट रुडोल्फको प्रशंसा गरेका थिए। उनले पाइलटले अद्भूत काम गरेर जहाजमा सवार सबैको ज्यान बचाएको बताए।

‘पाइलटले अद्भुत काम गरेर विमानमा सवार सबैको ज्यान बचाए,’ उनले न्युज २४ वेबसाइटसँग कुराकानी गर्दै भने ।

पाइलट रुडोल्फ भने आफूले गरेको काम खास नभएको बताउँछन्। यसमा शान्तपूर्वक बस्ने यात्रु पनि उत्तिकै प्रशंसनीय भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता