२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

दुलहीको फ्लाइङ किस, आमाको डिजे डान्स : विवाह छोडेर भागे दुलहा

२०८०, १८ असार सोमबार ०८:०४

एजेन्सी | जन्ती लिएर बेहुलीको घर पुगेका एक बेहुलाले अन्ततः विवाह गर्न अस्वीकार गरे । विवाह स्थलमा केही यस्ता कुराले उनलाई असहज बनाएका कारण उनी बेहुली नलिईकनै फर्किएका छन् । 

घटना भारतको हो । त्यहाँको हयातनगर थाना इलाकाका एक युवकको विवाह नजिकै गाउँकी युवतीसँग हुने निश्चित भयो । दुवै पक्षले विवाहको मिति तोके । निर्धारित समय अनुसार विवाहको दिन बेहुला जन्ती लिएर युवतीको घर गए । 

विवाह चलिरहेका बेला सुरु भयो डान्स

जन्तीको स्वागत सुरु भएदेखि नै केही गडबडी महसुस गरियो । सबै कार्यक्रम राम्रै चलिरहेको थियो तर अचानक दुलहीकी आमा डिजेको गीतमा नाच्न सुरु गरिन् । 


दुलहीकी आमाको फरक शैली देखेर जन्ती दङ्ग

यति बेला दुलहाको नजर आफ्नी सासूमाथि पर्दा उनलाई असहज महसुस भयो । तर दुलहीकी आमालाई केही कुरा परवाह थिएन । उनले डिजेको गीतमा नाच्दै चुरोट पिउँदै हावामा धुवाँ उडाउन थालिन् । यो दृश्य त झन् दुलहाले हेर्ने सकेनन् । त्यसपछि उनले मान–मर्यादाको सीमा नाघेको भन्दै दुलहीसँग सात फेरा लिन अस्वीकार गरे । 

दुलहालाई फकाइयो तर मानेनन्

दुलहाको निर्णय सुनेर दुलही पक्ष स्तब्ध भए । उनीहरुले दुलहा र उनको परिवारलाई फकाउन सुरु गरे । तर दुलहाले सासूको व्यवहार देखेर विवाह नगर्ने निर्णय लिइसकेका थिए । अन्ततः जन्ती दुलही नलिईकनै फर्कियो ।

दुलहाका बुवाले भने, ‘दुलहीकी आमाले रक्सी पिएकी थिइन्’

यो विषयमा दुलहीका बुवाले एक भारतीय सञ्चार माध्यमसँग कुराकानी गरेका छन् । उनले भने, ‘विवाहको दिन डिजेमा नाच चलिरहेको थियो र दुलहीकी आमाले रक्सी पिएकी थिइन् । हामीले केटीलाई हेरेर नै विवाह निश्चित गरेका थियौँ । दुवैतिरको व्यवस्था मिलाउनुपर्छ भनेर दुलही पक्षको खर्च पनि हामीले उठाएका थियौँ । जन्ती ढोकामा आइपुग्दा, दुलहीकी आमाले आरतीको थालीसमेत समात्न सकिरहेकी थिइनन् । छोराको विवाह हुन नसक्नुमा ती केटी र उनकी आमा नै हुन् ।’

दुलहीले फ्लाइङ किस दिइरहेकी थिइन् : दुलहाका भाइ

यस्तै, दुलहाका भाइका अनुसार जन्ती घर पुग्दा दुलहीकी आमा बारम्बार डान्स गरिरहेकी थिइन् । उनी नशाले लट्ठिएकी थिइन् । यस्तै, जब दुलही स्टेजमा आइन् तब उनले सबैलाई हात मिलाएर फ्लाइङ किस दिइरहेकी थिइन् । यस्तो व्यवहार देखेर नै दाइले विवाह गर्न नमानेको उनको ठहर छ । 


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ