२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जब बेलायती एयरलाइन्सले विमान भारी भयो भन्दै २० यात्रीलाई विमानबाट उतारेपछि..

२०८०, २६ असार मंगलवार ०६:०१

असार २६, एजेन्सी | बेलायती (युके) एयरलाइन्स इजीजेटले स्पेनको लान्जारोट सहरबाट लिभरपुलको उडानमा सवार २० जना यात्रुहरूलाई धेरै भारी' भएको भन्दै विमानबाट ओरालेको एक रिपोर्टले जनाएको छ । 

रिपोर्टका अनुसार, विमान 'धेरै भारी' भएको भन्दै ती यात्रीलाई विमानबाट उतारिएको थियो । खराब मौसम र विमानको तौल बढी भएकाले उडान ढिला भएको थियो, त्यसपछि विमानका क्याप्टेनले यात्रुहरूलाई स्वेच्छाले अप्ट आउट गर्न भने।

एक यात्रुले घटनाको भिडियो रेकर्ड गरेका छन् । १९ जना यात्रुले आफैँ उडान छोड्ने निर्णय गरे पछि मात्रै विमानले उडान भरेको थियो । 

उडानका क्याप्टेनले लान्जारोटेमा निकै छोटो रनवे र उल्टो दिशामा चल्ने हावाका कारण ठुला विमान अहिले उडान भर्न नसक्ने यात्रुलाई बताए । पाइलटका अनुसार एयर कन्डिसन र सुरक्षाका लागि आफ्नो कम्पनीको प्राथमिकतालाई ध्यानमा राख्दै यो उपाय बाहेक विमान उड्नको लागि अन्य कुनै उपाय नभएको पनि जनाए । पाइलटले २० जना यात्रुहरूलाई विमान छोड्न र आज राती लिभरपुलमा उडान छनौट गर्न भने । पाइलटले उडानबाट ओर्लने प्रत्येक यात्रुलाई इजीजेटले ५०० युरोसम्म दिनेसम्म पनि बताए ।

इजीजेटका प्रवक्ताले १९ जना यात्रुले स्वेच्छाले छोड्न राजी भएको पुष्टि गरेका छन् । तौल प्रतिबन्धहरू सुरक्षा कारणहरूका लागि सबै एयरलाइनहरूमा लागू हुन्छन्। यस्ता निर्णय प्रायः यस्तो परिस्थितिमा लिइन्छ। प्रवक्ताले भने कि उडानले तौलको सीमा नाघेको अवस्थामा, हामी यात्रुहरूलाई बिना भुक्तानी स्वैच्छिक रूपमा पछिको उडानमा जान आग्रह गर्छौँ, जुन यस अवसरमा पनि भयो।

यसो गर्नेलाई नियम अनुसार क्षतिपूर्ति दिइएको छ । किनभने यात्रु र कर्मचारीको सुरक्षा नै एयरलाइन्सको सबैभन्दा ठुलो प्राथमिकता मानिएकाले उनीहरूलाई उतारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित