४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विद्यार्थीलाई यौन सम्पर्कका लागि बाध्य बनाउने अमेरिकी शिक्षिका पक्राउ

२८ असार २०८०, बिहीबार ०३:५४

असार २८, एजेन्सी | अमेरिकाको नेब्रास्काको विन्साइड पब्लिक स्कूलकी एक विज्ञान शिक्षिकाको कथा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

उनले आफूभन्दा धेरै वर्ष कान्छा विद्यार्थीसँग अवैध सम्बन्ध बनाएकी थिइन्। यी शिक्षिकाको नाम केली हाइक्स हो, जसको ट्रायल सकिएको छ र अब उनलाई अर्को महिना सजाय सुनाइनेछ। यो अचम्मलाग्दो कुरा के हो हामी तपाईलाई बताउँछौं।

यी शिक्षिकामाथि लगाइएको आरोप सत्य सावित भएको छ। अमेरिकाको यो प्रान्तको कानून अनुसार यहाँ शारीरिक सम्बन्ध राख्ने कानुनी उमेर १६ वर्ष तोकिएको छ । तर यहाँ यी शिक्षिका प्रहरी र कानुनको नियन्त्रणमा आएका छन् किनभने यहाँ शिक्षिका र विद्यार्थीबीचको सम्बन्ध गैरकानूनी छ, यसका लागि विद्यार्थी कम्तीमा २१ वर्षको हुनुपर्छ। त्यसकारण केलीलाई अदालतले आफ्नो विद्यार्थीसँग सम्बन्ध राखेकोमा दोषी ठहर गरेको छ।

डेली स्टारको रिपोर्टका अनुसार २६ वर्षीया काली हाइक्सले १७ वर्षीय छात्रालाई प्रेमको जालमा फसाएर उनीसँग पटकपटक शारीरिक सम्बन्ध राखेकी थिइन्। विद्यार्थी अभिभावकसँगै बस्थे।

यस घटना सार्बजनिक भएपछि पीडित बालको परिवारमा आक्रोश र आश्चर्य छ किनकी धेरै दिनसम्म यो सबै कसरी चलिरहेको थियो ? भन्ने कुरा उनीहरूले धेरै ढिलो थाहा पाए। यसबीचमा केली राति राती गोप्य रूपमा बालककाे घरमा पसेर आफ्नो मनसाय पूरा गरेकी थिइन्। कतिसम्म भने उनले विद्यार्थीको घरमा मात्रै नभइ गाडी र बगैचामा पनि याैन सम्पर्क राखेकी थिइन ।

त्यसमाथि अरू कसैको ध्यान नपरोस् भनेर दुवै जना सहरको सुनसान चिहानमा गएर पनि सम्बन्ध गाँस्ने गरेको कुरा अदालती प्रकियाको क्रममा खुलेको थियो।

प्रचलित कानुनअनुसार अब यी शिक्षिकालाई अदालतबाट तीन वर्षसम्म कैद सजाय हुन सक्नेछ। अमेरिकामा यसअघि पनि यस्ता धेरै घटना बाहिर आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण