एयर इन्डियाको विमानमा नेपालीले चुरोट खाएर शौचालयको ढोका फुटाइदिएपछि

Posted on: 13 Jul, 2023

असार २८, एजेन्सी | एयर इन्डियाका कर्मचारीले एक नेपाली नागरिकविरुद्ध विमानका क्याबिन क्रुका सदस्यमाथि दुर्व्यवहार गरेको र विमानको ढोका फुटाइदिएको आरोपमा उजुरी दर्ता गरेका छन् । सोमबार टोरोन्टोबाट एयर इन्डियाको विमान फ्लाइट ए–१८८ मा नयाँ दिल्ली आउँदै गरेको विमानमा एक नेपाली नागरिकले हंगामा मच्चाएका थिए | 

क्याबिन क्रुका सदस्य तथा उजुरीकर्ता आदित्य कुमारका अनुसार नेपालका महेश सिंह पण्डित नामका नेपाली नागरिकले पहिले २६ ई बाट २६ एफमा सिट परिवर्तन गरे र इकोनोमी क्लासका चालक दलका सदस्यमाथि दुर्व्यवहार गर्न थाले । 


पीडित केबिनका सुपरभाइजर आदित्य कुमारले प्रहरी चौकीमा उजुरी दिएका छन् । दर्ता गरिएको एफआईआर अनुसार महेश पण्डित नाम गरेका नेपाली यात्रुले आफ्नो सिट परिवर्तन गरे र त्यसपछि केबिन चालक दलका सदस्यहरूसँग दुर्व्यवहार गरे। दर्ता गरिएको एफआईआरमा भनिएको छ कि पाइलटले बुझाएपछि पनि यात्रु मानेनन् र दुर्व्यवहार गर्न थाले।

चालक दलका सदस्य आदित्यले उनलाई त्यसो गर्नबाट रोकेपछि महेशले उनलाई धकेल्न थाले । आदित्यले सिनियर पाइलटलाई यसबारे गुनासो गरेपछि महेश केही बेर शान्त भए । केही समयपछि महेशले शौचालयमा धुम्रपान गर्न थाले । धुवाँको अलार्म बज्दा उनलाई चालक दलका सदस्यहरूले शौचालयभित्र चुरोट र लाइटरसहित समातेका थिए । उनलाई रोक्न खोज्दा उनले शौचालयको ढोका आफैँ तोडिदिए । त्यसमा महेश पण्डितलाई रोक्न अन्य यात्रु आएपछि उनले उनीसँग पनि झगडा गर्ने प्रयास गरे । त्यसपछि उनलाई कुनै न कुनै रूपमा नियन्त्रणमा लिई दिल्ली पुगेपछि प्रहरीको जिम्मा लगाइयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!