२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सिड्नी–नयाँ दिल्ली उडेको विमानमा यात्रुले हाने एयर इन्डियाका अधिकारीलाई थप्पड

२०८०, ३१ असार आईतवार ०८:५७

असार ३१, एजेन्सी | सिड्नी–दिल्ली उडानमा सवार एयर इन्डिया (एआई) का एक वरिष्ठ अधिकारीलाई एक यात्रुले थप्पड र दुर्व्यवहार गरेका थिए।

सिड्नीबाट–दिल्ली उडेको AI301 जहाजको सिटमा खराबीका कारण बिजनेस क्लासबाट इकोनोमी क्लासमा झरेका एयर इन्डियाका अधिकारीले सच्याउन खोज्दा घटना भएको हो। जब एयर इन्डियाका अधिकारीले आफ्नो सहयात्रीलाई उसको ठूलो आवाजको बारेमा सच्याउन थाले, यात्रुले उनलाई थप्पड हाने, उनको टाउको घुमाए र गाली गरेको स्रोतले जनाएको छ । शारीरिक आक्रमणको बाबजुद एयर इन्डियाका चालक दलका सदस्यले अनियन्त्रित यात्रुलाई नियन्त्रण गर्न संयम उपकरण प्रयोग गरेनन । 

एक विज्ञप्तिमार्फत एयर इन्डियाका प्रवक्ताले भने, ‘जुलाई ९ मा सिड्नी–दिल्ली सञ्चालन गर्ने उडानमा एक यात्रुले मौखिक र लिखित चेतावनीको बाबजुद, उडानको क्रममा अस्वीकार्य व्यवहार गरे, जसले अन्य यात्रुहरूलाई असुविधा भएको थियो, जसमा हाम्रा एक कर्मचारीमाथी पनि हातपात भयो ।’

विमान दिल्लीमा सकुशल अवतरण गरेपछि यात्रुलाई सुरक्षा निकायलाई सुम्पिएको र पछि यात्रुले लिखित रूपमा माफी मागेको एयरलाइन्सले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित