२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अमेरिकामा घरको घण्टी बजाएको भन्दै भारतीय व्यक्तिले गरे १६ वर्षका तीन किशोरको हत्या

२०८०, २ श्रावण मंगलवार ०८:२९

साउन २, काठमाडौँ | अमेरिकामा भारतीय मूलका एक व्यक्तिलाई १६ वर्षका तीन किशोरको हत्या गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको छ । यी तिनै किशोर सन् २०२० मा भारतीय मूलका अनुराग चन्द्रलाईको घरको घण्टी बजाएर भागेका थिए ।

घटना क्यालिफोर्नियाको हो । डोर बेल अर्थात् ढोकाको घण्टी बजाउने किशोरमाथि रिसाएका अनुरागले आफ्नो कारबाट ती किशोरहरु सावर गाडीलाई ठक्कर हाने । जसका कारण यी तीन किशोरको मृत्यु भयो ।

अप्रिल महिनामा अनुरागलाई हत्याको दोषी पाइएको थियो । अनुसन्धानमा के पाइयो भने जुन गाडीमा किशोर सवार थिए, अनुरागले त्यसलाई जानीजानी ठक्कर दिए । यो घटना १९ जनवरी सन् २०२० मा भएको थियो ।

कारले ठक्कर दिएपछि अनुराग घटनास्थलबाट निस्किएर आफ्नो घर आए र यसबारे कसैलाई जानकारी दिएनन् । यो ठक्करका कारण ड्राइभरसमेत तीनजना घाइते भएका थिए ।

यी किशोर डोर बेल बजाउने प्र्याङ्क गरिरहेका थिए । तीन जनामध्ये एक किशोरले घण्टी बजाएपछि आफ्नो कारमा आएर बसे ।

त्यसपछि पछाडिबाट अनुराग आए र आफ्नो कारले उनीहरूलाई त्यति बेलासम्म पिछा गरे जबसम्म किशोरको कारलाई ठक्कर दिएनन् । अनुरागमा घरेलु हिंसाविरुद्धको मुद्दा पनि चलिरहेको छ । हत्याको आरोपमा चन्द्रा जनवरी २०, २०२० मा गिरफ्तार भएदेखि रिभरसाइडको रोबर्ट प्रेस्ली डिटेन्सन सेन्टरमा हिरासतमा छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ