२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जापानलाई उछिन्दै सिंगापुरको पासपोर्ट विश्वकै शक्तिशाली बन्न सफल, नेपालको अवस्था कस्तो?

२०८०, ३ श्रावण बुधबार ०८:०५

असार ३, काठमाडौँ | सन् २०२३ का लागि सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली घोषित भएको छ । लगातार तीन वर्ष शीर्ष स्थानमा रहेको जापानलाई उछिन्दै सिंगापुरको पासपोर्ट हेनले पासपोर्ट इन्डेक्सको शीर्ष स्थान ओगट्न सफल भएको हो ।

कुनै पनि देशका नागरिकले प्राप्त गर्ने भिसा बिना र आवश्यकताका आधारमा भिसा प्राप्त सक्ने क्षमताका आधारमा विश्वमा यात्रा गर्न पाउने स्वतन्त्रताको मापन गरी यो सूची तयार गरिन्छ । सिंगापुरका नागरिकले विश्वका २२७ स्थानमध्ये १९२ गन्तव्यमा बिना भिसा यात्रा गर्न पाउने छन् ।

दोस्रो स्थानमा १९० गन्तव्यमा बिना भिसा यात्रा गर्न पाउने जर्मनी, इटाली र स्पेन संयुक्त रूपमा रहेका छन् । विगत पाँच वर्षदेखि शीर्ष स्थानमा रहेको जापान अस्ट्रिया, फिनल्यान्ड, फ्रान्स, लक्जमबर्ग, दक्षिण कोरिया र स्वीडेनमा जोडिएर १८९ गन्तव्यहरूमा पूर्व भिसा बिना नै पहुँच सहित तेस्रो स्थानमा झरेको छ। अमेरिका आठौँ स्थानमा छ भने चीन ६३ औँ स्थानमा रहेको छ ।

दक्षिण एसियाली मुलुकहरूमा माल्दिभ्स ५७ औँ स्थानमा रहेको छ । भारत ८० औँ स्थानमा छ भने भुटान ८४ औँ स्थानमा रहेको छ । श्रीलंका र बंगलादेश क्रमशः ९५ र ९६ औँ स्थानमा छन् । नेपाल ९८ औँ स्थानमा सीमित रहेको छ । नेपालले ३८ वटा देशमा मात्र बिना भिसा वा मागअनुसार सजिलै भिसा प्राप्त गर्न सक्छन् । नेपालभन्दा तल पाकिस्तान १ सयौँ र अफगानिस्तान पुछारमा १०३ औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित