४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

दिल्लीमा १० वर्षीया कामदारमाथि यातना, महिला पाइलट र श्रीमानलाई भीडले गरे रामधुलाइ !

४ श्रावण २०८०, बिहीबार १२:३६

साउन ४, एजेन्सी | दिल्लीको द्वारकामा एक महिला पाइलट र उनका पतिलाई भीडले रामधुलाइ गरेको छ । ३३ वर्षकी पूर्णिमा बाग्ची र उनका ३६ वर्षका श्रीमान्‌ले दिल्लीको द्वारकास्थित आफ्नो घरमा १० वर्षीय नाबालिग घरेलु कामदारलाई रूपमा राखेका थिए । दम्पतीले १० वर्षीय नाबालिग यातना दिएको र कुटपिट गरेको थिए । ती बालिका पछिल्लो दुई महिनादेखि उक्त घरमा काम गरिरहेकी थिइन् । उनीमाथि कुटपिट हुने गरेको र शरीरभरी नीलडाम भएको भन्दै बालिकाको रिसाएका आफन्त यो जोडीको घरमा हुल बाँधेर गएका थिए । महिला पाइलट र उनका श्रीमानलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

बुधवारको यो घटनामा समूहले ड्रेसमै भएकी पाइलटलाई अफिस जाने क्रममा तानेर कुटपिट गरेको थियो ।

पूर्णिमाले सुरुमा उक्त समूहलाई आफ्नो घरमा प्रवेश गर्नबाट रोकेकी थिइन् तर उनलाई कपाल समातेर भीडले आफूतिर तानेर लगे । यति बेला उनका श्रीमान् कौशिकले उनलाई जोगाउन खोजिरहेका थिए । त्यसपछि स्थानीयले यी दुबैमाथि बाटोमै धक्का मुक्का गर्न थाले । 

रोइरहेकी बालिकाको अनुहारमा नीलडाम थियो । आँखामा रगत जमेको थियो । पाखुरामा लुगामा लगाउने आइरनले पोलेको जस्तो  दाग थियो । उनले टाढै बसेर सबै दृश्य हेरिरहेकी थिइन् । 

कौशिकलाई पुरुषको समूहले तान्यो । उनलाई जथाभाबी मुक्का हानियो । यस्तै महिलाको समूहले पूर्णिमाको कपाल तान्नसम्म ताने ।

त्यसपछि पूर्णिमाले रिसाएका स्थानीयसामु आफू र आफ्ना श्रीमान् लाई छोडिदिन अनुनय विन्ति गरिन् । 

आफूलाई भीडबाट छुटाएपछि कौशिक श्रीमती भए ठाउँ दौडिए र छुटाउन सफल भए । त्यसपछि यी दुई आफ्नो गेट भएको घरभित्र जान सफल भए ।

द्वारकाका प्रहरी अधिकारी हर्ष एम वरदानले भने, ‘बिहान ९ बजे एक बालिकालाई उनको रोजगारदाताले कुटपिट गरेको भनेर फोन आएको थियो ।’

‘एउटा घरमा पछिल्लो दुई महिनादेखि ती बालिकालाई घरेलु कामदारको रूपमा राखिएको पाइयो । त्यो जोडीले उनीमाथि अत्यधिक कुटपिट गरिरहेका थिए । बालिकाको एक आफन्तले बुधवार यसबारे जानकारी पाइन् ।’

उनले जोडीलाई कुटपिट गर्ने भीडलाई पनि कारबाही गरिने बताए । दिल्ली महिला आयोगकी प्रमुख स्वाती मालीवलले ‘निर्दयी’ जोडीको निन्दा गर्दै दिल्ली प्रहरीलाई कथित दुर्व्यवहारलाई सम्बोधन गर्न आग्रह गरेकी छिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’