२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चीनले प्राकृतिक ग्याँसको भण्डार पत्ता लगाउन १० हजार मिटर गहिरो खाडल खन्दै

२०८०, ६ श्रावण शनिबार ०३:१२

साउन ६, बेइजिङ | यस वर्षको मे महिनामा पृथ्वीको आन्तरिक संरचना अध्ययन गर्ने नाममा करिब १० हजार मिटर गहिरो ड्रिल गरिसकेपछि चीनले यस वर्ष दोस्रो अल्ट्रा डिप ड्रिलिंग परियोजना सुरु गरेको छ। 

यसपटक चिनियाँ परियोजनाको उद्देश्य भने फरक रहेको छ । चीनले पृथ्वीको गहिराइमा रहेको प्राकृतिक ग्याँसको भण्डार पत्ता लगाउने प्रयास गरिरहेको छ ।

चीनको समाचार एजेन्सी सिन्ह्वाको रिपोर्ट अनुसार यो परियोजनाको नेतृत्व चाइना नेशनल पेट्रोलियम कर्पोरेसन (सीएनपीसी) ले गरिरहेको छ। जसले सिचुआन प्रान्तको शेन्डी चुआन्के १ इनारको १०, ५२० मिटर (लगभग ६.५ माइल) को अनुमानित गहिराइको ड्रिलिंग सुरु गरेको हो ।

रुसले यसअघि उत्तरपश्चिमी कोला सुपरदीप बोरेहोलले १२,२६२ मिटरको आश्चर्यजनक गहिराइमा पुग्ने विश्वको सबैभन्दा गहिरो मानव निर्मित प्वालको गौरव प्राप्त गरेको थियो ।

चीनको सिनजियाङमा अघिल्लो इनारको प्रायोगिक फोकस मुख्यतया ड्रिलिंग टेक्नोलोजी परीक्षण गर्न र पृथ्वीको आन्तरिक संरचनामा डाटा सङ्कलन गर्न थियो। सिचुआनमा हालको परियोजना विशेष गरी अति गहिरो प्राकृतिक ग्याँस भण्डारहरू अन्वेषण गर्ने उद्देश्यले हो।

चीनको दक्षिणपूर्वी प्रान्त सिचुआन आफ्नो मसालेदार खाना, मनोरम पहाडी दृश्य र पाण्डाका लागि प्रसिद्ध छ। यससँगै चीनको सबैभन्दा ठूलो सेल ग्यास भण्डार पनि यहाँ अवस्थित छ। तर, अप्ठ्यारो भूभाग र जटिल भौगोलिक अवस्थाका कारण यी ग्यास स्रोतहरू निकासीमा धेरै चुनौतीहरू छन्।

हालैका दिनहरूमा चिनियाँ सरकारले ऊर्जा अभाव, भूराजनीतिक तनाव र विश्व पेट्रोलियम पदार्थको मूल्यमा उतारचढावको प्रतिक्रिया स्वरूप आन्तरिक उत्पादन बढाएर इन्धन सुरक्षा बढाउन ऊर्जा कम्पनीहरूलाई अपिल गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ