४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतमा २ नेपाली बालिकामाथि सामूहिक बलात्कार गर्ने ३ जनालाई जन्मकैदको सजाय

७ श्रावण २०८०, आईतवार ०७:२२

साउन ७, एजेन्सी | नेपालका दुई बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा उत्तर प्रदेशको विशेष अदालतले तीन जनालाई जन्मकैद र अर्का एक जनालाई सात वर्ष कैद सजाय सुनाएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ ।

शुक्रबार साँझ न्यायाधीश जहेन्द पाल सिंहको इजलासले चन्दर उर्फ ​​रामचन्द्र पासवान, राजेन्द्र पासवान र राकेश पासवानलाई जनही ६५ हजार रुपैयाँ र पिन्टुलाई १५ हजार ५ सय रुपैयाँ जरिवाना पनि सुनाएका हुन् ।उनीहरुलाई विभिन्न दफाहरु अन्तर्गत यौनजन्य क्रियाकलापबाट बालबालिकाको संरक्षण गर्ने ऐन अन्तर्गतको विभिन्न धाराहरुमा दोषी करार गरिएको छ ।

सरकारी अधिवक्ता पवनकुमार शुक्ला अनुसार भारत–नेपाल सीमा जोडिएको बजारबाट सामान किन्न जङ्गल हुँदै आएका दुई नाबालिग बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा चारजनाविरुद्ध गत असार २६ गते हरैया प्रहरी चौकीमा मुद्दा दर्ता भएको बताए । सो अनुसार प्रहरीले चारै जनालाई पक्राउ गर्दै अदालतमा मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’