४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

दिल्ली ट्राफिक प्रहरीले कोरियाली भ्लगरसँग पैसा लिइरहेको भिडियो रेकर्ड, ट्राफिक प्रहरी निलम्बित

८ श्रावण २०८०, सोमबार ०६:१०

साउन ८, एजेन्सी | दिल्ली ट्राफिक प्रहरीले आइतबार आफ्ना एक हवलदारलाई निलम्बन गरेको छ । कोरियन भ्लगरसँग पाँच हजार घुस लिएको आरोपमा उक्त कारबाही गरिएको हो । कोरियन भ्लगरले यो घटनाको भिडियो आफ्नो युट्युब च्यानलमा अपलोड गरेका छन् ।

यस भिडियो सँगै भ्लगरले लेखेका छन् – त्यसैले तपाईंले भारतमा कार चलाउनु हुँदैन । भिडियोमा देख्न सकिन्छ कि महेश चन्द भनेर चिनिने प्रहरीले कोरियन भ्लगर कारबाट कतै जाँदै गर्दा बाटोमा रोक्छन् । यो प्रहरीले केही पैसा मागे । प्रहरीले पाँच सय मागे होलान् भनेर भ्लगरले सोच्छन् तर उनले पाँच हजार भारु माग्छन् । भ्लगरले ५ हजार रुपैयाँ दिँदा प्रहरीले कुनै रसिद नदिई त्यहाँबाट हिँड्छन् ।

दिल्ली प्रहरीका पीआरओ सुमन नलवाले भने – प्रहरीलाई निलम्बन गरिएको छ र विभागीय अनुसन्धान भइरहेको छ ।

FITVELY च्यानलको युट्युबमा १३ लाख सब्सक्राइबर छन् । उनले यो भिडियो अपलोड गर्दा यो क्लिप सामाजिक सञ्जालमा पनि शेयर भएको छ ।

ट्राफिक प्रहरीको अफिसियल ह्यान्डलले ट्विटरमा भने: सामाजिक सञ्जालमा पोस्ट गरेको सूचनालाई लिएर भिडियोमा देखिएका प्रहरीलाई निलम्बन गरिएको छ । भ्रष्टाचारमा प्रहरीको शून्य सहनशीलताको नीति छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण