२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पेयरा बन्दरगाह प्रयोग गर्न नेपाललाई बंगलादेशको अफर

२०८०, ११ श्रावण बिहीबार ०८:३७

साउन ११, काठमाडौँ | बंगलादेशले नेपाललाई आफ्नो पेयरा बन्दरगाह प्रयोग गर्न अफर गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सोमबार संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनको साइडलाइनमा भएको वार्तामा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सो प्रस्ताव गरेकी हुन् ।

बंगलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनले प्रधानमन्त्री हसिनाको भनाई उद्धृत गर्दै भने, ‘बंगलादेशले नेपालका लागि चल्ना र चातोग्राम बन्दरगाह यसअघि नै खुला गरेको छ । नेपालले हालै निर्माण सम्पन्न पेयरा बन्दरगाह पनि प्रयोग गर्न सक्नेछ ।’ 

मोमेनका अनुसार प्रधानमन्त्री हसिनाले बंगलादेशले क्षेत्रीय कनेक्टिभिटी बढाउन सयैदपुर विमानस्थललाई विकास गरिरहेको पनि जानकारी गराएकी थिइन् । 

छलफलका क्रममा प्रधानमन्त्री दाहालले हसिनाको नेतृत्वमा बंगालदेशले हासिल गरिरहेको विकासको प्रशंसा गरेका थिए । उनले नेपालमा जलविद्युत उत्पादनको ठुलो सम्भावना रहेको जिकिर गरेका थिए ।

यस सन्दर्भमा प्रधानमन्त्री हसिनाले नेपालबाट ४० मेगावाट जलविद्युत आयात गर्न भारतसहित भएको त्रिपक्षीय सम्झौता पछि अब थप विद्युत् आयात गर्न कदम अगाडि बढाउने आश्वासन दिएकी थिइन् । बंगलादेशको सञ्चारमाध्यमअनुसार छलफलमा प्रधानमन्त्री दाहालले बंगालदेशमा पढ्नका लागि पुगेका नेपाली विद्यार्थीहरुको पनि चर्चा गरेका थिए ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल