२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जुलियन नागेल्सम्यान जर्मन फुटबल टिमको प्रमुख प्रशिक्षक नियुक्त

२०८०, ५ आश्विन शुक्रबार ११:१४

असोज ५, काठमाडौँ | बायर्न म्युनिखका पूर्व प्रशिक्षक जुलियन नागेल्सम्यान जर्मन फुटबल टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् । जर्मनीको फुटबल संघले ३६ वर्षीय उनलाई जुलाई २०२४ सम्मका लागि प्रमुख प्रशिक्षक नियुक्त गरेको हो ।

उनले जर्मनी जापानसँगको मैत्रीपूर्ण खेलमा ४-१ ले पराजित भएपछि बर्खास्द भएका हान्सी फ्लिकको स्थान लिएका हुन् । जर्मनीको फुटबल संघका खेलकुद निर्देशक रुडी भोलरले भने, ‘जब खोज सुरु भयो, प्रमुख प्रशिक्षकका रूपमा जुलियन नागेल्सम्यान हाम्रो रोजाइमा परे ।’


गत मार्चमा बायर्नबाट बर्खास्त भएपछि नागेल्सम्यान फुर्सदमा थिए । उनी २८ वर्षको उमेरमै सन् २०१५ मा बुन्डेस लिगा क्लब होफेन्हेमको प्रमुख प्रशिक्षक भएका थिए ।

जर्मनीले आउँदो जुनमा युरो कप भनिने युरोपियन च्याम्पियनसीप आयोजना गर्दै छ । घरेलु टोलीले युरो कप आयोजना गर्दासम्म उनी टोलीमा रहने छन् ।

‘हाम्रो आफ्नै देशमा युरोपेली च्याम्पियनसिप छ, त्यो विशेष कुरा हो, जुन हरेक केही दशकमा हुन्छ,” नागेल्सम्यानले भने, ‘मसँग यो चुनौती लिने ठूलो इच्छा थियो ।’

नागेल्सम्यानले जिम्मेवारी लिएपछिको जर्मनीको पहिलो प्रतिस्पर्धा अमेरिकासँगको मैत्रीपूर्ण खेल हुने छ । अमेरिकासँग १४ अक्टुबरमा खेल्ने जर्मनीले त्यसको ३ दिनपछि फिलाडेल्फियमा मेक्सिकोसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी