४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

गुगल म्यापको भर पर्दा भत्किएको पुलबाट खस्यो कार, चालकको मृत्युपछि गुगलविरुद्ध मुद्दा

८ आश्विन २०८०, सोमबार ०९:०९

असोज ८, काठमाडौँ | गुगल म्यापको भर परेर कार कुँदाइरहेका एक अमेरिकीको गत वर्ष दुर्घटनामा मृत्यु भयो । गुगल म्यापमा बाटो अपडेट नभएको र भत्किसकेको पुलसमेत सद्दे नै देखाएका कारण चालकले सोही पुलमाथि कार कुदाउँदा दुर्घटना भएर कार नदीमा खसेको थियो । गुगलले आफ्नो म्याप्स एप अपडेट नगरेका कारण दुर्घटनामा मानवीय क्षति भएको भन्दै मृतक फिलिप प्याक्सनका परिवारले गुगलविरुद्ध मुद्दा हालेका छन्।

नौ वर्ष अगाडि नै भत्किएको पुलको विवरण गुगल म्यापमा अद्यावधिक नगरेर गुगलले लापरबाही गरेको फिलिपका परिवारको आरोप छ ।


अमेरिकाको नर्थ क्यारोलिनास्थित हाइकोरीमा रहेको एउटा क्षतिग्रस्त पुलमाथि गाडी कुदाउने क्रममा सन् २०२२ को सेप्टेम्बरमा प्याक्सनको मृत्यु भएको थियो ।

मंगलबार उनका परिवारले वेक काउन्टिस्थित देवानी अदालतमा गुगलविरुद्ध मुद्दा दायर गरेका हुन् । गुगलका प्रवक्ताले कम्पनीमाथि लागेको अभियोगको समीक्षा भैरहेको बताएका छन् । प्याक्सन परिवारप्रति आफ्नो गहिरो समवेदना रहेको पनि गुगलका प्रवक्ताले बताएका छन् ।

अदालतमा दायर भएको मुद्दाको निवेदन अनुसार प्याक्सनले साथीको घरमा आयोजित आफ्नी नौ वर्षीया छोरीको जन्मदिनको पार्टी सकेर घर फर्किरहेको बेला कार दुर्घटना भएको थियो । प्याक्सन दुर्घटनास्थलको सडक तथा वस्तुस्थितिका बारेमा जानकार थिएनन् र गुगल म्याप लगाएर गाडी कुदाइरहेका थिए ।

निवेदनको व्यहोरामा भनिएको छ : स्थानीय सडकका बारेमा उनी अपरिचित थिए र सुरक्षित रुपमा आफ्नो घरतर्फ निर्देशित गर्ने विश्वासमा उनी गुगल म्याप्समा भर परेका थिए ।

उनीभन्दा अगाडि पत्नीले छोरीहरुलाई लिएर घर फर्किसकेको र उनी पार्टी सकिएपश्चात् सरसफाइँ गरेर मात्रै घर फर्किन थालेकाले एक्लै दुर्घटनामा परेका थिए ।

त्यसबेला रातको अन्धकार थियो भने वर्षातसमेत भैरहेको हुनाले उनले निकै सचेततापूर्वक कार चलाइरहेका थिए । उनले त्यो अपरिचित ठाउँमा कुनै शंका नै नगरिकन गुगल म्याप्सको दिशा पछ्याइरहेका थिए । त्यहीँ बाटो पछ्याउँदै उनको कार स्नो क्रिक नदीमा रहेको भत्किएको पुलमाथि बाट तल खस्न पुग्यो र नदीमा डुबेर उनको मृत्यु भयो ।

सन् २०१३ मै भत्किएको उक्त पुलको विवरण आफ्नो अनलाइन म्यापमा अद्यावधिक गर्नका लागि स्थानीय बासिन्दाहरुले गुगललाई पटकपटक सम्पर्क गरेका रहेछन्, तर गुगलले आफ्नो नक्सामा उक्त पुललाई सद्दे नै देखाएको थियो ।

क्षतिग्रस्त पुलको मुखमा रहेको बार पनि तोडफोड गरेर भत्काइएका कारण कार चालक निर्धक्क पुलमा प्रवेश गरेका थिए ।

मृतक फिलिपका परिवारले सो पुल मर्मत गर्ने जिम्मेवारी पाएका स्थानीय तीनवटा कम्पनीविरुद्ध पनि मुद्दा हालेका छन् । – बीबीसीबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’