२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

उत्तर कोरियाबाट अमेरिकी सैनिकको रिहाइ गर्न चीनको सहयोग

२०८०, ११ आश्विन बिहीबार ११:४३

असोज ११, बेइजिङ | चीनले उत्तर कोरियामा बन्धक बनाइएका एक अमेरिकी सैनिकलाई रिहा गर्न ‘मानवीय’ सहयोगको प्रस्ताव गरेको बिहीबार पुष्टि गरेको छ । दक्षिण कोरियाबाट सैन्य गतिविधि निषेधित क्षेत्र पार गरेपछि २३ वर्षीय अमेरिकी नागरिक प्राइभेट ट्राभिस किङलाई उत्तर कोरियाली सेनाले जुलाईमा पक्राउ गरेको थियो । 

करिब तीन महिनापछि उनी स्वीडेनका कूटनीतिज्ञको सहयोगमा उत्तर कोरियाली सीमा हुँदै चीन पुगेका थिए । उनलाई बुधबार अमेरिकी राजदूत र एक वरिष्ठ सैन्य अधिकारीलाई हस्तान्तरण गरिएको थियो । त्यसपछि उनी अमेरिकी सैन्य अखडामा पुगेका छन् ।

अमेरिका–चीन सहकार्यको दुर्लभ उदाहरण दिँदै बेइजिङले बिहीबार सहयोगको प्रस्ताव गरेको पुष्टि गरेको हो । “उत्तर कोरिया र अमेरिकी पक्षको अनुरोधमा चीनले मानवीय दृष्टिकोणबाट आवश्यक सहयोग गरेको छ,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनिन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बुधबार ‘किङको रिहाईका लागि पारवहन सहजीकरण गर्न चीनले गरेको सहयोगका लागि’ धन्यवाद दिएका छन् । लामो समयदेखि चीन उत्तर कोरियाको सन्धि सहयोगी र मुख्य आर्थिक हितैषी हो ।

तर चीनले किङकोे रिहाईका लागि उत्तर कोरियासँग मध्यस्थता नगरेको र संयुक्त राज्य अमेरिकाले प्योङयाङसँग युद्ध बन्दीको ‘पूर्ण समाप्ति’ भएको ठहर नगरेको अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी