४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भिसा बिनै इजरायलीलाई अमेरिका प्रवेश गर्न दिने घोषणा

१२ आश्विन २०८०, शुक्रबार १०:१०

असोज १२, वासिङ्टन | इजरायलले प्यालेस्टिनी र अरब अमेरिकीविरुद्धको यात्रा प्रतिबन्ध फिर्ता लिएसँगै अमेरिकाले पनि इजरायलीरूलाई भिसा (प्रवेशाज्ञा) बिना संयुक्त राज्य अमेरिकामा प्रवेश दिने घोषणा गरेको छ । 

आगामी नोभेम्बर ३० देखि लागू हुने यो व्यवस्थाअनुसार व्यापार र भ्रमण गर्न चाहने  इजरायली नागरिकलाई तीन महिनासम्म अमेरिकामा बस्ने अनुमति प्राप्त हुनेछ तर निजले अमेरिका प्रवेश गर्नुअगावै आफ्नो भ्रमणको अभिलेख अध्यागमन विभागमा दर्ता गराउनुपर्नेछ । 


‘असामाजिक एवं गैरकानुनी गतिविधि गर्नसक्ने ठानेर अमेरिकी अध्यागमन अधिकारीले निजलाई प्रवेशमा रोकसमेत लगाउन सक्नेछ,’ अध्यागमन अधिकारीलाई दिइएको अधिकारको एक बुँदामा भनिएको छ । होमल्याण्ड सेक्युरिटीले निर्धारण गरेका पूर्वसर्तको पालना नभएमा इजरायलीले प्रवेशाज्ञा  (भिसा) पाउने छैनन् । 

बाइडेन प्रशासनको यो घोषणाबाट इजरायलले अमेरिकामा प्रतिष्ठित स्थान प्राप्त गरेको छ ।  संसारका एक सय ९३ भन्दा बढी मुलुकमध्ये करिब ४० देशलाई मात्र अमेरिकाले ‘भिसा लिनुनपर्ने’ सुविधा र सम्मान दिएको छ । बाइडेन प्रशासनले वासिङ्टन, जेरुसेलम र रियादबीच चलिरहेको त्रिदेशीय वार्ताको परिणामका रुपमा पनि लिइएको छ ।

 अब इजरायलले  प्यालेस्टिनीहरूसँग राम्रो व्यवहार गर्ने अपेक्षा गरिएको छ  भने इजरायलमा साउदी लगानी बढ्ने आशा गरिएको छ । 

अमेरिकी मध्यस्थतामा साउदी र इजरायलबीचको सम्बन्ध सामान्य बन्दै गएको छ । गत साता साउदी अरबको एउटा उच्चस्तरीय टोली प्यालेष्टिनी क्षेत्रमा पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएको थियो । 

“भिसा छुट कार्यक्रममा इजरायललाई सहभागी गराउनु हाम्रो साझा सुरक्षा चासो हो,  यसले हाम्रा दुई देशबीचको घनिष्ठ सहयोग र सहकार्यलाई प्रतिविम्बित गरको छ,” होमल्याण्ड सुरक्षा सचिव अलेजान्ड्रो मेयोर्कासले एक वक्तव्यमा भनेका छन्, “यसले संयुक्त राज्य अमेरिका र इजरायल बीचको एक दशकभन्दा बढीको काम र समन्वयलाई प्रतिनिधित्व गर्दछ, यसले आतङ्कवाद विरोधी सहकार्य, कानुन प्रवर्तन र हाम्रा अन्य साझा प्राथमिकताका क्षेत्रमा मिलेर काम गर्न प्रेरणा दिएको छ ।”  

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले अमेरिकी निर्णयको स्वागत गरेका छन् । अमेरिकाका लागि इजरायलका राजदूत माइकल हर्जोगले पनि अमेरिकी घोषणालाई दुई देशबीचको सम्बन्धमा महत्वपूर्ण उपलब्धि भन्दै त्यसको प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’