२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

आमाले गरिन् पाँच वर्षीय छोराको हत्या: टाउको पकाएर खाइन्,बाल्टीमा शवको टुक्रा देखेपछि शङ्का

२०८०, १७ आश्विन बुधबार ०७:२७

एजेन्सी | इजिप्टमा एक महिलाले आफ्ना पाँच वर्षको छोराको हत्या गरेर टाउको पकाएर खाएकी छिन् । त्यसपछि त्यहाँको एक अदालतले ३० सेप्टेम्बरमा महिलालाई पागल घोषित गरेको छ । महिलाको नाम हना मोहम्मद हसन हो । 

घटना इजिप्टको फाकुस इलाकाको हो । अदालतले आफ्नो निर्णयमा आरोपी हना हसनले छोरालाई पागलपनको अवस्थामा हत्या गरेको ठहर गर्दै उनलाई मानसिक अस्पतालमा राख्न आदेश दिएको छ । 


प्रमाण मेटाउने कोसिसमा छोरा युसुफको शव टुक्रा पारिन् 

अनुसन्धान गर्दा आरोपी महिलाले चक्कुले छोराको हत्या गरेको पत्ता लागेको छ । उनले घरको सबै झ्याल–ढोका बन्द गरेर छोराको टाउकोमा तीनपटक चक्कुले हमला गरेको अनुसन्धानमा खुलासा भएको छ । 

अनुसन्धानमा खुलासा भए अनुसार हनाले प्रमाण मेटाउने कोसिसमा युसुफको शवलाई टुक्रा टुक्रा पारिन् । खाना पकाउनु अघि पानी उमालिन् र छोराको टाउको र मासुको टुक्रा हालेर केही बेर पकाइन् र खाइन् । 

परिवारले पानीको बाल्टीमा शवको टुक्रा देखेपछि शङ्का 

डेली मेलका अनुसार आरोपी आमाले छोराको हत्या गरेर उनको टाउको पानीको बाल्टीमा हालेको जानकारीमा उल्लेख छ । युसुफको शरीरका केही टुक्रा काकाले बाल्टीमा देखेपछि हत्यामा आमाको संलग्नताको आशङ्का गरिएको थियो । 

त्यसपछि ती महिलामाथि सोधपुछ गरियो । प्रहरीका अनुसार गिरफ्तारीपछि ती महिलाले छोराको हत्या गरेर टाउकाको केही भाग खाएको कुरा स्विकारिन् । यस्तो किन गरेको भनेर प्रश्न गर्दा छोरालाई सधैँ आफैँसँग राख्न हत्या गरेर खाएको उनले बताइन् । 

श्रीमानसँग सम्बन्ध विच्छेदपछि छोरासँग एक्लै बसिरहेकी थिइन् आरोपी आमा

हसनले गिरफ्तारीपछि फाकुस प्रहरीलाई आफू मानसिक रोगबाट पीडित भएको बताइन् र आफ्नो उद्देश्य बच्चालाई हानी गर्ने नभएको पनि स्पष्ट पारिन् । श्रीमान्सँग सम्बन्ध विच्छेदपछि महिला र उनको बच्चा एक्लै बसिरहेको थियो । 

उनका पूर्व श्रीमान् एचएले स्थानीय मिडियासँगको कुराकानीमा आफूलाई प्रहरीले छोराको शव हेर्न नदिएको बताए । उनले भने, ‘त्यहाँको भयानक स्थिति देखेर प्रहरीले मलाई छोराको शव हेर्न दिएनन् ।’

‘हामी चार वर्ष अघि छुट्टिएका हौँ । उनलाई उनका बुवाले जग्गा दिएका थिए त्यसैले उनले मलाई मेरो परिवार छोड्न र उनीसँगै त्यहाँ गएर बस्न दबाब दिइरहेकी थिइन् ।’

‘मैले त्यसो गरिनँ त्यसैले सम्बन्ध उनकै इच्छामा तोडिएको थियो । सम्बन्ध विच्छेद पछि पनि मिल्न खोजेको थिएँ तर उनी मानिनन् ।’

उनले थपे, ‘छोराले नै मलाई उनीसँग जोडेर राखेको थियो । म छोरालाई भेट्न गइरहन्थेँ । उनलाई लुगा लगिदिन्थेँ, केही चाहिएको छ भने किनिदिन्थेँ ।’

‘तर पछिल्लो समयमा उनले मलाई छोरा भेट्न दिँदैन थिन् । छोराको मनमा मप्रति घृणा पनि जगाइदिएकी थिइन् ।’

‘छोरा भेट्नका लागि म उनको परिवारसँग सम्पर्कमा थिएँ । उनी ठिक भए नभएको खोजी गर्थेँ ।’

उनका वकिल समीर मोहम्मद सालेहका अनुसार आरोपीले आफूसँगको कुराकानीमा भनेकी थिइन्, ‘म मेरो छोराको बुवासँग बदला लिन चाहन्थेँ । उनको बुवा धेरैजसो घरमा आइरहन्थे र उनलाई मबाट खोसेर लैजान चाहन्थे ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ