४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

यूएईको मरुभूमिमा १५० वटा बिरालो अलपत्र अवस्थामा फेला

२० आश्विन २०८०, शनिबार ०५:४९

असोज २०, एजेन्सी | संयुक्त अरब इमिरेट्स (यूएई) को मरुभूमिमा करिब १५० वटा बिरालो अलपत्र छोडिएको अवस्थामा फेला परेको पशु अधिकार समूह (पेटा) ले शुक्रबार जनाएको छ ।

तेलको धनी खाडी मुलुकका अधिकारकर्मीहरूले दर्जनौं बिरालो मरेको र केहीलाई जीवितै उद्धार गरिएको बताएका छन् ।

पेटाले यूएईलाई यस ‘क्रूरताको कार्य’ को सामना गर्न आह्वान गरेको छ ।

समूहका वरिष्ठ उपाध्यक्ष जेसन बेकरले एएफपीसँग भने, 'बिरालोलाई मरुभूमिमा फ्याँकेर तिर्खा, भोकमरी र चर्को गर्मीका कारण मार्नका लागि छोड्ने व्यक्तिबारे सूचना दिनेलाई पाँच हजार अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ ।' 

यूएई अधिकारीहरूले बिहीबार अबुधाबीको मरुभूमिमा परित्यक्त बिरालोहरूको घटनाको अनुसन्धान सुरु गरेको घोषणा गरेका छन् । यद्यपि, उनीहरूले यी बिरालोहरू कति सङ्ख्यामा कहिले छोडिएका थिए भनेर निर्दिष्ट गरेनन् ।

यस ‘अमानवीय’ कार्यका दोषीहरूविरुद्ध सबै ‘प्रशासनिक र कानुनी उपायहरू’ प्रयोग गरिने अधिकारीहरूले बताएका छन् ।

बालुवामा पुरिएका वा मुस्किलले उभिन सक्ने बिरालोका तस्बिर र भिडियो सामाजिक सञ्जालमा शेयर भएका छन् । एएफपीले तत्काल यसको प्रामाणिकता पुष्टि गर्न सकेको छैन । 

सन् २००७ मा नयाँ कानुन लागू भए पनि यूएई पशु संरक्षणमा ‘अन्य देशभन्दा पछि परेको’ आरोप लगाउँदै बेकरले भने, “क्रूरताको यो कार्य अरू धेरैले जस्तै छिपाउनु हुँदैन ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’