२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

हमासद्वारा इजराइलमा रकेट हमला हुँदा चार जनाको मृत्यु

२०८०, २० आश्विन शनिबार ०९:५६

असोज २०, गाजा सिटी | अवरुद्ध गाजापट्टीबाट शनिबार रकेट आक्रमण हुँदा इजरायलमा कम्तीमा चार जनाको मृत्यु भएको एएफपीका पत्रकार र चिकित्सकहरूले बताएका छन् ।

स्थानीय समयअनुसार बिहान साढे छ बजेदेखि गाजाका कयौँ स्थानबाट थुप्रै रकेट प्रहार भएको एएफपीका पत्रकारले जनाएका छन् । सर्वसाधारणलाई बम आश्रयस्थल नजिकै बस्न आग्रह गर्दै इजरायली सेनाले मुलुकका दक्षिण र मध्य क्षेत्रहरूमा साइरनको चेतावनी दिएका थिए ।

जेरुसेलममा एएफपीका एक पत्रकारले पूरा सहरभर साइरन बजेपछि रकेट हमला रोकिएको देखेको बताए । प्यालेस्टिनी समूह हमासको सशस्त्र शाखाले  हमला आफूले गराएको बताएको छ । उसले आफ्ना लडाकुहरूले पाँच हजारभन्दा बढी रकेट हमला गरेको दाबी गरेको छ ।

“हामीले इजरायली कब्जाका सबै अपराधहरूलाई समाप्त पार्ने निर्णय गरेका छौँ, जबाफदेही ठहर नगरी वितण्डा मच्चाउने उनीहरूको समय सकिएको छ”, उक्त समूहले भनेको छ, “हामीले अल–अक्स फ्लडको घोषणा  गरेका छौँ र २० मिनेटको पहिलो हमलामा हामीले पाँच हजारभन्दा बढी रकेट प्रहार गर्‍यौँ ।”

गाजापट्टीबाट इजरायली क्षेत्रमा रकेट हमला र आतङ्ककारी घुसपैठसहित यो संयुक्त प्रयासमा हमासको हात रहेको इजरायली सेनाले बताएको छ ।

मागेन डेभिड एडोम आपत्कालीन सेवाले इजरायलमा प्रत्यक्ष  प्रहारका कारण एक ६० वर्षीया महिला मारिएको बताएको छ । चिकित्सकहरूका अनुसार अन्य १५ जना घाइते भएको र दुई जनाको अवस्था चिन्ताजनक रहेको छ ।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले उक्त हमलापछि प्रधानमन्त्री नेतान्याहुले चाँडै सुरक्षा प्रमुखहरूलाई बोलाउनु हुने बताएको छ ।

सन् २००७ मा हमास सत्तामा आएपछि इजरायलले गाजामा प्रतिबन्ध लगाउँदै आएको छ । त्यसयता प्यालेस्टिनी लडाकु र इजरायलबिच विनाशकारी युद्ध भएका छन् ।

पछिल्लो हमला इजरायलले सेप्टेम्बरमा गाजाका कामदारमाथि दुई साताका लागि सीमा बन्द गरेपछि बढ्दो तनावका बिच भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी